

सिद्धार्थ भिलासा होटललाई पाँच तारे मान्यता प्रदान



काठमाडौं । सिद्धार्थ हस्पिटालिटी ग्रुपले सञ्चालनमा ल्याएको भैरहवास्थित होटल सिद्धार्थ भिलासाले पाँचतारे होटलको मान्यता पाएको छ ।
पर्यटन विभागले हालै उक्त होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी पाँचतारे मान्यता दिएको कम्पनीले जनाएको छ ।
लुम्बिनी प्रदेशमा सञ्चालित उक्त होटललाई पर्यटन ऐनअनुसार पाँचतारे स्तरको होटलमा वर्गीकरण गरी इजाजतपत्र दिइएको कम्पनीले जनाएको छ ।
करिब पाँच बिघा क्षेत्रफलमा विस्तारित होटलमा एउटा भिलासा भीएक्जिक्युटिभ स्विट, दुई स्विट, पाँच जुनियर स्विट र ७७ एक्जिक्युटिभ डिलक्स गरी ८५ कोठा छन् ।
होटलमा साना–ठूला गरी पाँच कन्फ्रेन्स हल र पाँच रेस्टुरेन्ट छन् । होटलमा १ हजार ५ सय सिट क्षमताको ब्यांक्वेट हल छ जुन नेपालकै ठूलो ब्यांक्वेट हल भएको सिद्धार्थ हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण न्यौपानेले बताए ।
स्थापनाको छोटो समयमै ‘डेस्टिनेसन वेडिङ’ र अन्य पर्यटक गरी त्यस क्षेत्रमा उच्च संख्यामा भारतीय पर्यटक भित्र्याउन होटल सफल भएको उनले बताए । लुम्बिनी घुम्न आउने विभिन्न देशका पर्यटकमा स्तरीय सेवा दिने लक्ष्य रहेको उनको भनाइ छ ।
होटलमा जिम, ज्याकुजी, स्टिम, स्पा लगायत वेलनेस सुविधा उपलब्ध छन् । हाल २ सय जनाले रोजगारी पाएकोमा अब केही समयमै क्यासिनो सञ्चालन भएपछि झन्डै ५ सयलाई रोजगारी मिल्ने सीईओ न्यौपानेले बताए ।
नेपालकै उत्कृष्ट क्यासिनो सञ्चालन गर्न सकिने गरी क्यासिनोका लागी संरचना समेत निर्माण भएको उनले बताए । सिद्धार्थ ग्रुपले ‘भिजन २०३०’ को योजना अन्तर्गत सन् २०३० सम्ममा स्वदेश तथा विदेशमा कम्तीमा ५८ साना तथा ठूला आउटलेट सञ्चालन गर्ने योजना बनाएको समेत बताएको छ ।
अगामी वर्ष कैलाली धनगढी र तनहुँ दमौलीमा नयाँ होटल र रुपन्देही योगीकुटीमा ब्यांक्वेट सहितको रेस्टुरेन्ट सञ्चालनमा ल्याउने योजना छ ।
त्यस्तै आगामी वर्षभित्रै पृथ्वी राजमार्गमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टलाई चारतारेमा स्तरोन्नति गर्ने योजना अनुसार काम भइरहेको न्यौपानेले जानकारी दिए ।


खबर सबै
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’






प्रतिक्रिया