

वाटरपार्कमा एक करोड रुपैयाँ खर्चेर सेवा विस्तार


बाँके । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले नेपालगञ्जको वाटरपार्कमा सेवा विस्तार गरेको छ । एक करोड आठ लाख रुपैयाँ लागतमा तयार गरेर परीक्षणकालीन व्यावसायिक सेवा शुरु गरेको कम्पनीले आउँदो वैशाखमा भब्य उद्घाटन गर्ने तयारी गरेको सञ्चालक बिष्णु ढकालले बताउनुभयो ।
खासै प्रयोगमा अनाएको नेपालगञ्जको वाटर पार्क पोखरीलाई मोटरबोट चलाउन योग्य बनाउन झण्डै दुई महिना समय लागेको ढकालले जानकारी दिनुभयो ।
वाटरपार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै बोरिङ गरेर प्रयोग गरेको छ । कम्पनीले वाटरपार्कमा मोटरबोट सञ्चालन गरे वापत नेपालगञ्ज महानगरपालिकालाई वार्षीक २५ लाख रुपैयाँ बुझाउने सम्झौता भएको ढकालले जानकारी दिनुभयो । १२ सय बर्गमिटरको तालमा पर्यटकले मोटरबोटमा घुम्दै चार किलोमिटर दुरी सयर गर्न सक्नेछन् ।
यसअघि चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकहरुलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको ढकालले बताउनुभयो ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया