बाणगंगाको बुद्ध रंगशालामा ए डिभिजन टोलीको फुटबल, ८ टोलीको भिडन्त हुने


कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा यही चैत्र १७ गते देखी प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल आयोजन हुने भएको छ । उक्त प्रतियोगितामा ए डिभिजन र मोफसलका क्लव गरी ८ टोलीको भिडन्त हुने भएको छ ।

बुद्ध रंगशाला जितपुरमा चैत्र १७ गतेदेखि २४ गतेसम्म हुने फुटबलमा ए डिभिजन र मोफसलका क्लव गरी ८ टोलीको भिडन्त हुने भएको आयोजक कपिलवस्तु फुटवल संघले जनाएको छ ।

प्रतियोगितामा ए डिभिजनका मछिन्द्र, थ्रीस्टार, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लवको सहभागिता हुनेछ भने मोफसलबाहिरबाट कपिलवस्तु ११, साहारा क्लव पोखरा, भरतपुर क्लव चितवन र सुदुरपश्चिम ११ ले सहभागिता जनाउनेसंघका अध्यक्ष तिलक थापाले जानकारी दिए ।

खेल नकआउट नियमको आधारमा हुने बताउँदै अध्यक्ष थापाले यो प्रतियोगिता लुम्बिनी प्रदेशकै ठुलो रहेको दावी गरे । प्रदेशमा यति ठुलो धनराशिको फुटवल पहिलोपटक गरिन लागेकोले जिल्लाबासीमा उत्साह थपिएको थापाले बताए ।
प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११ र उपविजेता टोलीले ५ लाख ५५ हजार ५५ रुपैयाँ नगद पाउने छन् भने ट्रफी र मेडल पनि पाउने छन् ।

हरेक दिनको म्यान अफ दि म्याच खेलाडीले नगद १० हजार रुपैयाँ पाउने थापाको भनाई छ । एकदुई दिनमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे विस्तृत जानकारी दिइने थापाले बताए । शुल्क लाग्ने प्रतियोगितामा अहिले प्याराफिट निर्माण लगायतको काम भइरहेको छ ।

प्रतिक्रिया

खबर सबै