

उपाधिको लागि नेपालले पपुवा न्युगिनीसँग खेल्दै

नेपालले हङकङमा जारी त्रिकोणात्मक टी२-० आई सिरिजको फाइनलमा आज पपुवा न्युगिनीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : ४५ मा मोगं कोगंमा सुरु हुनेछ । नेपाल र हङकङबीचको खेल वर्षाको कारण रद्द भएको थियो । नेपालले पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको थियो ।
एकै दिन दुई खेल खेलेको पपुवा न्युगिनीले हङकङलाई १० विकेटले हराएको थियो ।नेपालले पपुवा न्युगिनीविरुद्ध पहिला ब्याटिङ गर्दै १९८ रन बनाएको थियो ।
नेपालका कुशल भुर्तेलले ५९ रन बनाउनुको साथै ४ विकेट लिएका थिए । भुर्तेल लयमा आउनु नेपालको लागि सकारात्मक पक्ष हो । त्यस्तै सन्दीप जोराले ५६ रन बनाएका थिए । कुशल भुर्तेल प्रमुख ब्याटर हुन् । उनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । राम्रो अन्त्य गरेका लोकेश बम र विवेक यादवबाट पनि नेपालले ठूलो अपेक्षा गर्नेछ ।
कप्तान रोहित पौडेलले कप्तानी इनिङ खेल्नेछ । बाउन्ड्री सानो हुँदा ठूला सटहरुमा ध्यान दिनुपर्ने हुन्छ । बिरामी भएका अभिनाश बोहरा फिट भएमा आकाश चन्द बाहिर हुने सम्भावना रहन्छ । अन्य परिवर्तनको सम्भावना छैन ।
बलिङमा करण केसीले अनुभवको फाइदा लिनुपर्ने हुनेछ । डेथ ओभर बलिङ नेपालको केही कमजोरीको रुपमा रहँदै आएको छ ।
पपुवा न्युगिनीले प्रमुख दुई बलर कवुआ मोरेवा र एली नाओलाई विश्राम दिएको थियो । यी दुई बलर आउँदा बलिङ आक्रामण मजबुत हुनेछ । हङकङबीविरुद्ध ५१ रन बनाएका टोनी उरा र ६१ रन बनाएका सेसे बाउ प्रमुख ब्याटर हुन् ।
कप्तान असाद भाला मध्यक्रमका ब्याटर हुनेछन् । शीर्षक्रमका ब्याटरको विकेट समयमै लिन सके नेपालले सहज जित हात पार्न सक्छ । नेपाल र पपुवा न्युगिनीबीच ५ टी-२० आई खेल भएका छन् । जसमा नेपाल ४ खेलमा विजयी भएको छ ।


खबर सबै
-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी सांसदको अवरोध, मुख्यमन्त्रीको विशेष सम्बोधनपछि बैठक सुचारु
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु
-
बुटवल आएका प्रचण्डले भने, ‘सरकारका सय दिन उपलब्धीशून्य’






प्रतिक्रिया