

मिर्गौलाका बिरामीहरुको डायलासिस सेवा बाणगंगामा संचालन





साझाकुरा, कपिलवस्तु। कपिलवस्तुको वाणगंगामा मिर्गौलाका बिरामीहरुको डायलासिस उपचार सेवा सुरु भएको छ। पहिलोपटक सेवा सुचारु भएपछि चार जना बिरामीको उपचार गरिएको छ भने अब निरन्तर सेवा संचालन हुने जनाइएको छ।
बुटवल स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पताल र कपिलबस्तु जेसीस, रोटरी क्लवअफ सेन्टल बुटवल र रोटरी क्लवअफ सेन्टल कपिलबस्तु संगको सहकार्यमा उक्त डायलाइसिस सेन्टर सञ्चालनमा ल्याएको हो।
आजबाट परिक्षण गरि सुरु भएको डायलासिस सेवामा ४ जना बिरामीको उपचार गरिएको लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले आफ्नो सामाजिक सञ्जालमाफर्त जनाएका छन् ।
बाणगंगामै डायलाइसिस हुन थालेपछि मिर्गौलाका बिरामीहरु कपिलवस्तुबाट अब बुटवल धाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुने विश्वास लिइएको छ । यस अघि कपिलवस्तुका मृगौलाका बिरामीहरु बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल र लुम्विनी प्रादेशिक अस्पतालमा पुग्न बाध्य थिए ।
मिर्गौलाका बिरामीहरु लामो यात्रा गरेर बुटवल जानुपर्ने बाध्य भएपछि त्यसलाई कम गर्न कपिलबस्तुमै डायलाइसिस सेन्टर सञ्चालनमा ल्याईएको गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका अध्यक्ष एजाज आलमले बताएका छन्।
सरकारले डायलाइसिस निशुल्क गरेपनि बसको यात्रा गरी बिरामीहरु अस्पतालमा आउनुपरेकाले बिरामी हैरान देखिएपछि अस्पतालले बिभिन्न स्थानमा स्थानिय क्लव तथा संस्थाहरु संगको सहकार्यमा सामुदायिक डायलाइसिस केन्द्र स्थापना गरिएको अध्यक्ष आलमले बताए।
कपिलबस्तुमा सामुदायिक डायलाइसिस सेन्टर स्थापना सुरू भएपछि अर्घाखाँचीका समेत बिरामीहरुलाई सहज हुने लुम्विनी प्रदेशसभा सदस्य एवं लुम्विनी प्रदेशका पुर्व स्वास्थ्यमन्त्री बिष्णु पन्थीले बताए।
गुल्मी अर्घाखांचीका कतिपय बिरामीहरू कपिलवस्तुमा रहेका आफन्तकहाँ बस्न सुरू गरेका थिए। उनीहरुलई सहज हुने छ पन्थीले भने।
उक्त डायलाइसिस सेन्टरमा अस्पतालले १० वटा मेशिन जडान भएका छन्। गतबर्ष नै डायलाइसिस मेसिन जडान गरेको भएपनि स्वास्थ्य सेवा विभागमा सूचिकृत नहुँदा निस्शुल्क सेवा संचालन हुन सकेको थिएन्।
सरकारले स्वास्थ्य सेवा विभागमा सूचीकृत भएका सरकारी, सामुदायिक तथा कतिपय निजी अस्पताल र मेडिकल कलेजहरूलाई एकजना बिरामीको एकपटक डायलाइसिस गराएको दुईजार ५ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ। त्यस बाहेक डायलाइसिसका बिरामीहरूलाई हरेक महिना ५ हजार रूपैयाँ दिने गरेको छ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया