

प्रचण्ड नेतृत्वको सरकारमा बने १८ मन्त्री





काठमाण्डाै – सत्ता गठबन्धन दलहरूले मन्त्रालय भागबन्डा र सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्ग्याएका छन् । नेकपा एमालेले आठ वटा मन्त्रालय पाएको छ । नेकपा (माओवादी केन्द्र) ले अर्थसहित पाँच वटा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहसहित ४ वटा मन्त्रालय पाएका छन् ।
नेकपा एमालेबाट रघुवीर महासेठ– उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री, राजेन्द्रकुमार राई– खानेपानीमन्त्री, पदम गिरी– कानुन न्याय तथा संसदीय मामिलामन्त्री, बलराम अधिकारी– भूमि व्यवस्था तथा सहकारीमन्त्री, भगवती चौधरी– महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री, दामोदर भण्डारी– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, हरि उप्रेती– रक्षामन्त्री र ज्वालाकुमारी साह– कृषिमन्त्री बन्नुभएको छ ।
पदम गिरी र बलराम अधिकारीबाहेकका मन्त्री गएको वर्षको पुसमा पनि सरकारमा सहभागी थिए । नेकपा एमालेले गृह वा अर्थ मन्त्रालय मागेको थियो । गृह वा अर्थ मन्त्रालय पाएको भए एमालेले उपाध्यक्ष विष्णु पौडेललाई सरकारको नेतृत्व दिने बताएको थियो । तर रोजेको मन्त्रालय नपाएपछि रघुवीर महासेठलाई सरकारमा एमालेको नेतृत्व गर्ने अवसर मिलेको हो ।
यस्तै नेकपा (माओवादी केन्द्र) बाट नारायणकाजी श्रेष्ठ– उपप्रधान तथा परराष्ट्रमन्त्री, वर्षमान पुन– अर्थमन्त्री, शक्तिबहादुर बस्नेत– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री, रेखा शर्मा– सञ्चार तथा सूचना प्रविधिमन्त्री र हितबहादुर तामाङ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नुभएको छ ।
नारायणकाजी श्रेष्ठ गृहबाट परराष्ट्र पुग्नुभएको हो भने शक्ति बस्नेत र रेखा शर्मा पहिलेकै मन्त्रालयमा यथावत् हुनुहन्छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने– उपप्रधान तथा गृहमन्त्री, सुमना श्रेष्ठ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, विराजभक्त श्रेष्ठ– युवा तथा खेलकुदमन्त्री र डोलप्रसाद अर्याल (डीपी)– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्नुभएको छ ।
अहिले राष्ट्रपति कार्यालयमा मन्त्रीहरूको शपथ ग्रहण समारोह चलिरहेको छ । गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले मन्त्रीहरूको नाम दिइसकेको छैन । नेकपा (एकीकृत समाजवादी) पनि दुई मन्त्रालयसहित सरकारमा सामेल हुने तय भए पनि मन्त्री पठाइसकेको छैन । नागरिक उन्मुक्ति पार्टीले भने सरकारमा नजाने घोषणा गरिसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्ति कांग्रेससँग सहकार्य तोड्दै नयाँ गठबन्धन बनाउनुभएको हो ।


खबर सबै
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न











प्रतिक्रिया