

लुम्बिनीमा माओवादी केन्द्रबाट बनेका दुई मन्त्री बर्खास्त





बुटवल : लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रबाट सरकारमा सहभागी २ मन्त्रीलाई बर्खास्त गरेका छन्।
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका चौधरीलेमा ओवादी केन्द्रबाट सरकारमा सहभागी भएका मन्त्रीहरू धनबहादुर मास्की र कृष्णा केसी (नमुना)लाई बर्खास्त गरेका हुन्।
मास्की अर्थ र केसी सहरी विकास मन्त्री थिए।

चौधरी गत वैशाख १४ गते ८ दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको साथ चाहिन्छ। लुम्बिनीमा अहिले १ सांसद निलम्बनमा छन्।
लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति र जनमतका ४-४, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३-३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १-१ र स्वतन्त्रबाट १ सांसद छन्।
मुख्यमन्त्रीले दुई मन्त्री बर्खास्त गरेपछि माओवादीले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।



खबर सबै
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न











प्रतिक्रिया