

एमाले, माओवादी, रास्वपा र जसपाको नयाँ सरकार बन्ने





काठमाण्डौ – नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको असमझदारीका कारण वर्तमान सत्ता गठबन्धन भत्किएको छ । अब नेकपा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको सरकार बन्ने पक्का भएको छ ।
नयाँ सरकारमा कसले कुन मन्त्रालय पाउने भन्ने विषय टुङ्गयाउन एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रास्वपाका सभापति रवि लामिछाने र जसपाका अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेताबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ ।
सकभर आजै केही मन्त्रीलाई सपथग्रहण गराउने तयारी भइरहेको स्रोतले जनाएको छ । विशेष गरेर एमाले र माओवादीबीच केन्द्रदेखि प्रदेशसम्मका सरकारमा सहकार्य गरेर जाने सहमति भएको छ । अब केन्द्रसँगै विभिन्न प्रदेशमा पनि सरकार फेरिने सम्भावना बढेको छ । गएको वर्षको पुस १० गते प्रधानमन्त्री बन्नुभएका प्रचण्डलाई एमाले र कांग्रेससहित संसद्का सबैजसो दलले समर्थन गरेका थिए।
तर पछि एमाले, रास्वपा र राप्रपा सरकारबाट बाहिरिएपछि कांग्रेस, एकिकृत समाजवादी, जनता समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी लगायत सरकारमा सहभागि भएका थिए । मन्त्रिपरिषद् हेरफेर र राष्ट्रियसभा अध्यक्षको विषयमा कांग्रेससँग कुरा नमिलेपछि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ गठबन्धनको तयारी थाल्नुभएको थियो ।
हिजो एमाले अध्यक्ष केपी शर्माओलीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन टुट्ने संकेत दिएपछि आज बिहानैदेखि एमाले, माओवादी र रास्वपाका नेताहरु पार्टीको आन्तरिक बैठकमा बसेका थिए।


खबर सबै
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न











प्रतिक्रिया