

रवाफिलो जितसँगै नेपाल फाइनल नजिक



काठमाडौं। त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेदरल्याण्ड्सलाई हराउँदै नेपालले फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गरेको हो।
यो नेपालको लगातार दोस्रो जित हो । १२१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा ४ विकेट क्षतिमा पूरा गरेको थियो। तेस्रो ओभरमा दुवै ओपनर गुमाएर धर्मराएको नेपाली इनिङ्स कप्तान रोहित कुमार पौडेल र गुल्सन झाले सम्हाले ।
रोहित ४६ र गुल्सन ३८ रनमा आउट भए । कुशल भूर्तेल १२ र आसिफ शेख ८ रनमा पेभेलियन फर्किएका थिए ।नेदरल्याण्ड्सका लागि भिभियन किङ्माले २ विकेट लिए। टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड् १९.३ ओभरमा १२० रन बनाएर अलआउट भयो।
नेदरल्याण्ड्सलाई सस्तैमा प्याक गर्न प्रतिस जिसीले ३ विकेट लिए । प्लेयर अफ द म्याच भएका उनले नवौं ओभरमा २ विकेट लिएका थिए ।करण केसीले पहिलो ओभरमा नै २ विकेट लिएपछि डच टोली दबाबमा आएको थियो । उनले माइकल लेभिट र साईब्राण्ड एन्गलब्रेचलाई चौथो र छैठौं बलमा आउट गरे। कुशल मल्लले २ तथा दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए।
भोलि हुने नेदरल्याण्ड्स र नामिबियाबीचको खेलपछि फाइनल पुग्ने दुई टोलीको टुङ्गो लाग्नेछ । तर, नेपाल लगभग फाइनलमा पुगिसकेको छ । नामिबियाले फाइनलमा पुग्न ठूलो अन्तरले जित हासिल गर्नुपर्ने छ । त्यस्तो अवस्थामा नेदरल्याण्ड्स नेट रनरेटका आधारमा बाहिरिने छ । ४ खेलमध्ये २ मा जित हासिल गरेको नेपाल ४ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ। ३ खेलमध्ये २ मा जित हासिल गरेको नेदरल्याण्ड्स शीर्ष स्थानमा छ। ३ मध्ये केवल १ मा जित हासिल गरेको नामिबिया भने पुछारमा छ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया