

फाइनल खेल्न नेपालले भोली नामिबियालाई हराउनै पर्ने



काठमाडौं । त्रिवि क्रिकेट मैदानमा चलिरहेको त्रिकोणात्मक टी २० आई सिरिजमा भोलि शुक्रबार नामिबियासँग पराजित भए नेपालले फाइनल खेल्न नपाउने समीकरण बनेको छ ।नेदरल्यान्ड्स नेपाललाई २ रन र नामिबियालाई ५९ रनले हराउँदै ४ अंकका साथ शीर्षस्थानमा छ । नेपालले शुक्रबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।
नामिबियाले नेपाललाई पहिलो खेलमा २० रनले हराएको थियो । शुक्रबारको खेल जितेमा नामिबियाको ४ अंक हुनेछ ।नेपालले अन्तिम खेलमा नेदरल्यान्ड्सलाई हराउँदा २ अंक मात्रै हुन्छ । त्यसैले नेपाल नामिबियासँग पराजित भएमा फाइनल खेल्न नपाउने समीकरण प्रष्ट बनेको हो ।
फाइनल खेल्ने संभावना कायमै राख्न नेपालले शुक्रबार नामिबियालाई हराउनै पर्ने हुन्छ । नेपाल बाँकी दुबै खेलमा विजयी भएमा ४ अंक हुनेछ । यस्तो स्थितिमा फाइनल खेल्न नेपालले अन्य टोलीको नेट रनरेट र नतिजामा भर पर्नुपर्ने हुन्छ ।
नेपाल बाँकी दुबै खेलमा विजयी भएमा र आइतबार नामिबियाले नेदरल्यान्ड्ससँग हारेको खण्डमा भने सोझै फाइनलमा पुग्नेछ । शीर्ष दुई टोलीले त्रिकोणात्मक सिरिजको फाइनल खेल्नेछन् । फाइनल मंगलबार हुनेछ ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया