

आरिफ र गुल्सन पहिलो रोजाइमा खेल्दै, सोमपाल र देव बेन्चमा

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले अहिले नेदरल्याण्ड्ससँग खेल्दैछ । नेदरल्याण्ड्सले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने खेलमा नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ ।
अघिल्लो खेल खेलेका सोमपाल कामी र देव खनाल आज बेन्चमा छन् भने उनीहरुको स्थानमा आरिफ शेख र गुल्सन झा पहिलो रोजाइमा खेल्दैछन् ।
आरिफ शेख जारी यस शृखंलामा पहिलो खेल खेल्दैछन् । आरिफले १२ फेब्रुअरीमा क्यानडाविरुद्धको श्रृङ्खलाको तेस्रो तथा अन्तिम खेल खेलेका थिए । त्यसपछि उनी लिग २ को तीन खेलमा भने बेन्चमा थिए । ओडिआईमा आरिफलाई नेपालको भरपर्दा ब्याटरको रुपमा चिनिन्छ र उनी पार्टटाइम पेस बलिङ पनि गर्छन् ।
आरिफसँगै गुल्सन झा पहिलो रोजाइमा खेल्दैछन् । गुल्सनले नामिबिया र नेदरल्याण्ड्स विपरुद्धको सुरुवाती दुई खेल खेलेका थिए भने नामिबिया विरुद्धको पछिल्लो खेलमा बेन्चमा थिए ।
जारी शृखंलामा सोमपाललाई पहिलो पटक बेन्चमा राखिएको छ ।
नेपालको प्लेइङ ११ : रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, करण केसी, ललित राजवंशी
बेन्च : देव खनाल, पवन सर्राफ, सोमपाल कामी, सूर्य तामाङ
नेदरल्यान्ड्सको प्लेइङ ११ : म्याक्स ओडाउड, विक्रमजित सिंह, माइकल लेभिट, स्याब्रान्ड एंगेलब्रेक्ट, नोआह क्रस, तेजा निडामानिरु, स्कट एडवाड्र्स (कप्तान), रोलेफ भान डर मर्वे, बास डि लिडे, आर्यन दत्त, भिभियन किंग्मा
बेन्च : वेस्ली ब्यारेसी, क्याइल केलिन, ओलिभर एलेनबास, शरिज अहमद


खबर सबै
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु
-
बुटवल आएका प्रचण्डले भने, ‘सरकारका सय दिन उपलब्धीशून्य’
-
सरकारको १०० दिन : के के भए उल्लेखनीय सुधार ?






प्रतिक्रिया