

कपिलवस्तु नगरपालिकाले बाढ्यो ‘निमन्त्रण कार्ड’, दादुरा–रुबेला खोप लगाउन आह्वान





कपिलवस्तु। कपिलवस्तु नगरपालिकाले बालबालिकाहरुलाई दादुरा-रुबेलाको खोप लगाउन अभिभावकहरुलाई निमन्त्रणा कार्ड पठाएको छ । यहि फागुन १३ देखि सञ्चालन हुने दादुरा-रुबेला खोप अभियानमा बालबालिकालाई खोप लगाउन कपिलवस्तु नगरले निमन्त्रणा कार्ड पठाएको हो ।
नौ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई खोप लगाउन नजिकैको खोप केन्द्रमा लैजानको लागि निमन्त्रणा कार्डमा अनुरोध गरिएको छ । ५ वर्ष मुनिका बालबालिकालाई छुट भएको नियमित खोप समेत लगाइने नगपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश प्रसाद गुप्ताले जनाए् । अभियानमा ९ महिना देखि १५ बर्ष मुनिका बालबालिकालाई खोप लगाइने बताइएको छ ।
‘यसका लागि खोपकार्ड लिई आउनुहुन सादर अनुरोध गर्दछौं’–निमन्त्रणा कार्यमा लेखिएको छ । खोप निःशुल्क, सुरक्षित भएको र जीवनको रक्षा गर्ने सन्देश निमन्त्रणा कार्डमा उल्लेख गरिएको छ । दादुरा रोग १ व्यक्तिबाट १८ व्यक्तिसम्म सर्न सक्ने भएकोले खोप अनिवार्य लगाउनु पर्ने सन्देश समेत कार्डमा छ ।
कपिलवस्तु नगरपालिकामा ११० वटा खोप केन्द्र मार्फत २७ हजार बालबालिकालाई खोप लगाइँदैछ । जस्का लागि प्रति विद्यालय एक महिला स्वयंसेविका, दुई जना शिक्षक र एक जना भ्याक्सीनेटर गरी तीन जनाको समुह परिचालित हुने समेत जनाइएको छ ।
कपिलवस्तु नगरपालिकाले बिशेषतः विद्यालय केन्द्रित अभियान सञ्चालन गरेको छ, यसका साथै सुकुम्बासी बस्ती लगायतका क्षेत्रलाई पनि प्राथमिकतामा राखेर खोप अभियान संचालन गरिने प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्यालले जनाए ।
नगर क्षेत्रमा अभियानमा १२१ शिक्षक सहभागी हुँदैछन् । दादुरा–रूबेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि खोप लगाइने शाखा प्रमुख गुप्ताले जानकारी दिए । शाखाले नगरस्तरीय खोप समितिका पदाधिकारी, खोपकर्ता र सरोकारवालालाई अभिमुखीकरण गरिसकेको छ ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया