

यसरी सफा गर्नुहोस् दाँत, मोती जसरी चम्किनेछन्





एजेन्सी । मोती जस्ता सेता दाँतले अनुहारको सुन्दरतामा सुनमा सुगन्ध बनाउँछ । त्यहीँ दाँत पहेंला तथा दुर्गन्ध आउने खालको भयो भने लज्जाको अवस्था पनि सिर्जना हुन सक्छ ।
तपाईं घरमै बसेर बिना कुनै खर्च दाँतलाई चम्काउन सक्नुहुन्छ । घरमै भएका चिजबाट कसरी दाँत चम्काउने भन्ने आज जानौं ।
चारकोल अर्थात अंगार वा कोइलाले दाँतको पहेंलोपन तथा दाग कम गर्छ । कोइलाले मुखमा भएका ब्याक्टेरिया तथा विषाक्त पदार्थबाट पनि छुट्कारा दिन सक्छ ।
तपाईं अंगारलाई प्रयोग गरेर दाँत चम्काउन सक्नुहुन्छ । यसका लागि अंगारमा नुन, बेसार, पुदिनाको पात, बाइकार्ब सोडा मिसाएर दाँत सफा गर्नुपर्छ । यसले केही दिनमै दाँत मोती जस्ता सेता बनाउनेछ ।
तपाईंले तयार गरेको मिश्रणलाई ब्रसमा लगाएर थोरै पानी राखेर दाँतलाई सफा गर्नुहोस् । यसको प्रयोग तपाईंले हप्तामा तीनपटक गर्न सक्नुहुन्छ ।
यसले मुखलाई डिटक्सीफाई गर्छ । यसका साथै दाँतलाई प्राकृतिक रुपमै चम्किलो बनाउन पनि सहयोग गर्छ । यसले क्याविटी पनि कम हुन्छ ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया