बाणगंगाका ३४ हजार बढी बालवालिकालाई दादुरा–रुबेला बिरुद्ध खोप दिइदै

कपिलवस्तु। कपिलवस्तुको वाणगङ्गामा झण्डै ३५ हजार बालवालिकाहरुलाई दादुरा– रुबेला बिरुद्धको खोप प्रदान गरिने भएको छ । यही फागुन १८ गते देखि नगरका सबै वडामा स्वास्थ्यकर्मी मार्फत दादुरा रुबेला रोग बिरुद्धको खोप अभियान संचालनको तयारी गरिएको हो ।

९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि दादुरा – रुबेला खोप अभियान सञ्चालन हुने छ । खोप अभियानअन्तर्गत बाणगङ्गाका ३४ हजार ४ सय १२ जना बालबालिकालाई खोप दिइने लक्ष्य रहेको नगर स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिए । संचालन हुने दादुरा रुबेला खोप अभियानबारे सरोकारवाला निकाय, सञ्चारकर्मी, तथा सम्बन्धित सरोकारवालासँग छलफलसमेत संचालन भइरहेको छ ।

फागुन १८ गते देखी सुरु हुने खोप अभियान चैत्र ०४ गते सम्म सञ्चालन हुने छ । खोप अभियान स्वास्थ्य संस्था, विद्यालयलगायत क्षेत्रमा सञ्चालन गरिने उनले जानकारी दिए । “खोप पूर्णरुपमा सुरक्षित र प्रभावकारी रहेकाले आफ्ना सम्पूर्ण बालबालिकालाई सम्बन्धित खोप केन्द्रमा लगेर खोप लगाइदिन आग्रह गर्छु”, पौडेलले भने, “यो रोग सबै उमेर समूहलाई लाग्न सक्ने भए पनि बालबालिकालाई बढी असर गर्छ । त्यसैले लक्षित उमेर समूहलाई खोप लगाउँदै छौँ ।” दादुरा – रुबेला खोप लगाएर दादुरा र रुबेला रोग विरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी ती रोगहरूबाट संक्रमण हुनसक्ने सम्भावनालाई न्यूनीकरण गर्ने उद्देश्य नगरपालिकाले लिएको छ ।

प्रतिक्रिया

खबर सबै