


जान्नुहोस् दशैँमा लगाईने जमराको महत्व के हो ?



कार्तिक १०, ई–साझाकुरा
हिन्दुहरुको महान चाड बडादशैँ अन्तरगत घटस्थापनाको दिन राखेको जमरा दशैँको दिन टिका सँगै लगाउने गरिन्छ । प्रकाश नआउने स्थानमा शुद्ध माटोमा जौँ छरेर उमारिएको पहेँलो जमरालाई धर्मशास्त्रमा सम्बृद्धिको प्रतिक मानिन्छ । धर्मशास्त्रको व्याख्या आफ्नो ठाउँमा छ । वैज्ञानिक दृष्टिकोणबाट पनि जौँ र जमराको महत्व कम छैन ।

वास्तवमा जौँ निकै पौष्टिक खाद्यपदार्थ हो । यसमा कार्बोहाइड्रेट , प्रोटिनका साथै विभिन्न भिटामिनहरु प्रसस्त्र मात्रामा पाइन्छ । त्यसैले जौँ को सातु के गाउँ , के सहर जताततै चर्चित छ । अहिले विकाशे जातका अरु बालीहरु भित्रिएसँगै निकै पूरानो र भरपर्दो बालीको रुपमा रहेको जौँ विस्थापित हुँदै गएको छ , जसका कारण खाद्य असुरक्षा बढिरहेको विज्ञहरुले बताइरहेका छन् । यस हिसाबले हेर्दा जौँ को महत्व अझै धेरै भएको प्रष्ट हुन्छ ।
जौँ खाद्य सुरक्षाका दृष्टिले मात्र होइन औषधिय गुणले पनि युक्त मानिन्छ । आयुर्वेदिक ग्रन्थहरुमा जौँ र अंकुरित जौँबाट गर्न सकिने उपचारहरुको बारेमा व्यापक उल्लेख भएको पाइन्छ । विविध रोगको उपचारमा पनि जौँ उपयुक्त रहेको विभिन्न अनुसन्धानहरुले देखाएका छन् । चिकित्सकहरुका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाएर नियमित सेवन गर्ने हो भने उच्च रक्तचाप , क्यान्सर तथा मधुमेह लगायतका रोगीलाई लाभ मिल्छ । त्यस्तै जमराको झोलले पेटको रोग , छालाको रोग , वायुविकार जस्ता समस्यापनि हट्ने चिकित्सकहरु बताउँछन् । जमराको रस सौन्दर्य प्रशाधनमा पनि प्रयोग हुन्छ ।
अध्ययनहरुले अंकुरित जौँ मा सागपात भन्दा पनि बढि पौष्टिक तत्व पाइने प्रमाणित गरिसकेका छन् । जमराको प्रयोगबाट हाड , आन्ध्रा , पेट , छाला लगायतका रोगको सफल उपचार सम्भव भैसकेको छ । गाउँघरतिर अहिले पनि दशैँको जमरालाई सुकाएर राख्ने र ज्वरो आउँदा तथा पेट दुख्दा पानीमा उमालेर खाने चलन छ ।
यसरी धर्मशास्त्रहरुमा अन्नको राजा भनिने जौँ धार्मिक र पौराणिक हिसाबाले मात्र होइन वैज्ञानिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण छ । यस अर्थमा सम्बृद्धिको प्रतिक जमरा पनि मानव स्वास्थ्यका लागि हितकारी मानिन्छ ।


खबर सबै
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया