बाणगंगा स्थित युनाइटेड हस्पिटलमा ‘हात–खुट्टा’ विषेश शिविर, अग्रिम नाम बुकिङ गर्न आह्वान

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित युनाइटेड नेश्नल हस्पिटलमा पहिलोपटक हात खुट्टा विषेश शिविर हुने भएको छ । आगामी चैत्र २३ गते शिविर संचालन हुन लागेको अस्पतालले जानकारी दिएको हो ।

हातखुट्टा बाङाटिङ्गो भएका , घुडामा समस्या भएका र कृत्रिम हातखुट्टा राख्नुपर्ने हरुले अग्रिम नाम बुकिङ गर्न अस्पतालले आह्वान गरेको छ । समयमा नाम टिपाउनेको लागि यो विशेष सेवा पाउन सक्ने अस्पतालका प्रबन्ध निर्देशक सुन्दर आचार्यले जानकारी दिए ।

शिविरमा विशेषज्ञ डाक्टरबाट जाँच भई आवश्यक परामर्श दिइने आचार्यले बताएका छन् । कृत्रिम हात खुट्टा राख्न चाहनेको लागि पनि यो राम्रो मौका हुने उनको भनाई छ ।

अस्पतालका अध्यक्ष मुनाराम चालिसेले यो मौकाको फाइदा उठाउन आग्रह गरे । यस विषयमा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले पनि सामाजिक संजालमार्फत् जानकारी दिएका छन् । युनाइटेड हस्पिटल विशेषज्ञहरुबाट सेवा दिइने कपिलवस्तुकै सुविधासम्पन्न हस्पिटलको रुपमा चिनिन्छ ।

यता लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले समेत युनाइटेड हस्पिटलमा हुने भनिएको शिविरको सन्दर्भ उल्लेख गर्दै यो अवसरको सदुपयोग गर्न आफ्नो सामाजिक सञ्जाल मार्फत आह्वान गरेका छन् । उनले लेखेका छन्, ‘खुसीको समाचार तथा सूचना स् युनाइटेड हस्पिटल बाणगंगा कपिलवस्तुमा चैत्र २३ गते (5th april ) निशुल्क हात खुट्टा विषेश सिविर संचालन हुने भएको हुँदा हातखुट्टा बाङाटेङ्गा भएका , घुडामा समस्या भएका र कृत्रिम हातखुट्टा राख्नुपर्ने हरुले अग्रिम नाम बुकिङ गर्नुहुन अनुरोध छ ।’

प्रतिक्रिया

खबर सबै