

मुख्यमन्त्रीद्वारा कपिलवस्तुको गनवरिया–शान्तिनगर सडकको शिलान्यास





इमरान खान, कपिलवस्तु । जिल्लाको महराजगंज नगरपालिकाको गनवरिया(शान्तिनगर सडकखण्ड निर्माणका लागि शिलान्यास कार्य सम्पन्न भएको छ ।
ग्रामीण बिकास तथा साना शहरी पुर्वाधार निर्माण कपिलवस्तु अन्तर्गत हुलाकी राजमार्गको गनवरिया चोक देखि दक्षिण सेमरी हुँदै शिसवा , शान्ति नगर सम्मको सडक निर्माण कार्यको लुम्बिनी प्रदेस सरकारका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले शिलान्यास गर्नुभएको छ ।
कार्यक्रम महाराजगन्ज नगरपालिकाका नगरप्रमुख अब्दुल कलाम खांको अध्यक्षतामा सम्पन्न भएको हो । पुर्वराज्य मन्त्री एवं कांग्रेस नेतृ रिना नेपालको पहलमा सडक निर्माण योजना अघि बढेपनि बाकी बचेको कुशहवा बढ्नी बार्डरसम्मको बाटोेलाई समेत समेटेर बजेट बिनियोजन गरिदिन लुम्बिनी प्रदेश सरकारलाई उपस्थित जनप्रतिनिधिले मन्चबाटै अनुरोध गरेका थिए ।
मुख्यमन्त्री चौधरीले कपिलवस्तु जिल्लाको सांस्कृतिक , ओैधोगिक एवं सशक्त सामाजिक रुपान्तरणमा आफू कटिबद्ध रहेको बताउनुभयो । कपिलवस्तु नगरपालिकाका लोकप्रिय मेयर सुदिप पौडेल र बुद्धभुमी नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठ लगायत विभिन्न जनप्रतिनिधि र एवं राजनैतिक दलका प्रमुख तथा सशरी बिकास मन्त्रालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया