

लिग–२ : त्रिकोणात्मक शृङ्खला आजदेखि, नेपालले नामिबियासँग खेल्दै

काठमाण्डाै : नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचकाे त्रिकोणात्मक लिग-२ काे शृङ्खला आजदेखि शुरु हुँदैछ ।
नेपालले आज पहिलो खेल नामिबियासँग खेल्नेछ । त्यसपछि पर्सि शनिवार नेपालको खेल नेदरल्यान्ड्ससँग हुनेछ । त्यस्तै,९ गते फेरि नामिबियासँग र १३ गते नेदरल्यान्ड्ससँग हुनेछ । सबै खेल कीर्तिपुर मैदानमा बिहान सवा ९ बजे हुनेछन् ।
यसअघि क्यानडासँग भएको एकदिवसीय शृङ्खलामा राम्रो प्रदर्शन गरेको भन्दै अनिल शाह र भीम सार्की आईसीसी लिग–२ को क्रिकेट शृङ्खलाका लागि टोलीमा समेटिएका छन् । टोलीमा दुई परिवर्तनसहित १५ सदस्यीय नयाँ टोली घोषणा गरिएको छ । यसअघि टोलीमा परेका रिजन ढकाल र अर्जुन साउद बाहिरिएका छन् ।
लिग–२ को खेलमा कप्तान रोहित पौडेलसहित आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ छन् ।
यसअघि क्यानडासँगको तेस्रो एकदिवसीय क्रिकेट नेपालले जितेको थियो । तीन खेलको शृङ्खला नेपालले क्लिन स्वीप गरेको थियो ।


खबर सबै
-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी सांसदको अवरोध, मुख्यमन्त्रीको विशेष सम्बोधनपछि बैठक सुचारु
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु
-
बुटवल आएका प्रचण्डले भने, ‘सरकारका सय दिन उपलब्धीशून्य’






प्रतिक्रिया