

एसिसी महिला प्रिमियर कप : नेपाल सेमिफाइनलमा


काठमाडौँ : नेपाल मलेसियामा जारी एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वालालम्पुरस्थित वाइएसडी युकेएम ओभल मैदानमा बुधबार भएको खेलमा नेपालले कुवेतलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा आठ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो ।
वर्षाले प्रभावित खेलमा जितका लागि पाएको ५० रनको लक्ष्य नेपालले ६.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले अविजित २२ र सीता रानामगरले १७ रन बनाउनुभयो । वर्षा हुनुअघि नेपालले ७३ रनको लक्ष्य पछ्याएको थियो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ७३ रन बनाएको थियो । कुवेतका लागि प्रियदा मुरलीले सर्वाधिक २९ रन बनाउनुभयो । शान्ति बालसुब्रमण्यम् र खादिजा खलिलले १३/१३ रन बनाउनुभयो । बलिङमा नेपालका सीता रानामगरले तीन तथा रुबिना क्षेत्री र कविता कुँवरले दुई दुई विकेट लिनुभयो ।
नेपाल समूह ‘डी’ को विजेता बन्दै क्वार्डरफाइन्तलमा पुगेको थियो । समूह चरणको सबै तीन खेल जितेको नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान आठ विकेटले हराएको थियो ।
नेपालले अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई दुई सय १४ रनले पराजित गरेको थियो । सेमिफाइनलमा नेपालले घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया