

पाल्पाको रिब्दीकोटमा श्रीमान–श्रीमती मृत फेला



पाल्पा । पाल्पाको रिब्दीकोटमा श्रीमान–श्रीमती मृत फेला परेका छन् । रिब्दीकोट गाउँपालिका वडा नम्बर ८ काहुलेमा श्रीमान र श्रीमती मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए ।
५४ वर्षीय अम्मरबहादुर गाहा र उनकी ४२ वर्षीया श्रीमती श्यामकला गाहा सोमबार आफ्नै घरमा मृत फेला परेका हुन् ।
अम्मरबहादुर कोठामा झुण्डिएको अवस्थामा र अर्को कोठामा श्रीमती श्यामकला खाटमा मृत फेला परेकी थिइन् ।
प्रहरीले घटनास्थलबाट मदिरा र खानेकुराहरू बरामद गरेको छ । श्रीमती श्यामकलाको घाँटीमा निलडाम देखिएको छ ।
स्थानीयका अनुसार उनीहरूका तीन जना छोरी छन् । चार वर्ष अघि एक जना छोराको मृत्यु भएको थियो । छोराको मृत्यु भएपछि गाहा दम्पत्ती विक्षिप्त बनेको स्थानीयको भनाइ छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया