

साफ यू-१९ महिला च्याम्पियनसिप : फाइनल पुग्न नेपालले भारतलाई हराउनैपर्ने


काठमाडौं । बंगलादेशको ढाकामा जारी साफ यू-१९ महिला च्याम्पियनसिपमा नेपालले लिगको आफ्नो अन्तिम खेलमा आज भारतसँग खेल्दैछ ।
खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।
शीर्ष दुईमा रहेर प्रतियोगिताको फाइनल खेल्न नेपाललाई आज स्पष्ट जितको आशव्यकता छ । नेपालको लागि यो खेल गर या मरको अवस्थामा छ ।
जितले नेपाल फाइनल पुग्नेछ भने पराजित भए बाहिरिनेछ । घरेलु यद्यी बंगलादेश दुई खेल जित्दै फाइनल पुगिसकेको छ ।
चार टोली सहभागि प्रतियोगितामा आयोजक बंगलादेश दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ । नेपाल र भारतको दुई खेलबाटै समान तीन अंक छ । लगातार दुई हार बेहोरेको भुटान अंकविहीन छ र फाइनल होडबाट बाहिरिसकेको छ ।
नेपाल र भारतको समान अंक भए पनि भारत गोल अन्तरमा अघि छ । भारतले ११ गोल गर्दा जम्मा एक गोल मात्र बेहोरेको छ ।
नेपालले जम्मा दुई गोल गरेको छ भने तीन गोल बेहोरेको छ । त्यसैले पनि भारतविरुद्ध नेपाललाई जित नै चाहिन्छ । भारत भने नेपालविरुद्ध बराबरी खेलेमा पनि फाइनल पुग्नेछ ।
च्याम्पियनसिपको पहिलो खेलमै नेपाल आयोजक बंगलादेशसँग ३-१ ले पराजित भएको थियो । त्यसपछि नेपालले भुटानलाई १-० ले हराएर पहिलो जित हात पारेको थियो ।
सिंगल राउण्ड रोविनका आधारमा भइरहेको च्याम्पियनसिपमा लिग चरणका खेलपछि शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।
नेपालले अहिलेसम्म च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन । अहिलेसम्म भएको चार संस्करणमध्ये बंगलादेशले तीन तथा भारतले एकपटक उपाधि जितेको छ । नेपाल दुईपटक उपविजेता बन्दा दुईपटक तेस्रो भएको थियो ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया