

दाङ : खाना पकाउँदा सल्केको आगोले जल्दा एकको मृत्यु



दाङ : दाङमा खाना पकाउने क्रममा कपडाबाट सल्केकाे आगाेले जलेर एक जनाकाे मृत्यु भएकाे छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुईयाँका ४४ वर्षकी लक्ष्मी चाैधरीकाे जलेर मृत्यु भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता नवचन्द्र मल्लले जानकारी दिएका छन ।
बिहिवार साँझ पाैने ८ बजेतिर चौधरीले घरमा दाउरा बालेर चुलोमा खाना पकाउने क्रममा कपडा बाट शरीरमा आगाे सल्किदा मृत्यु भएकाे भन्ने खबर आएको प्रहरीले बताएको छ ।
घरमा कोही नभएको समयमा घटना भएको स्थानीयले खवर गरेका थिए । ईलाका प्रहरी तुलसीपुरबाट प्रहरी निरिक्षक नवराज के.सी.को कमाण्डमा ५ जनाको टोली घटनास्थल पुग्दा चाैधरीलाई मृत अवस्थामा फेला पारेकाे थियाे। घटनाका विषयमा थप अनुसन्धान भैरहेकाे प्रहरी प्रबक्ता मल्लले जानकारी दिए ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया