
प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्छ : बिमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सबै प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्ने बताएका छन् ।
‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत नेपाली कांग्रेस जिल्ला कार्यसमिति, रूपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको कार्यक्रममा निधिले प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्ने बताए ।
उनलेे संविधानमा लेखिएका अधिकार प्रदेशलाई दिएर अधिकारसम्पन्न बनाउनुपर्ने बताए ।
निधिले संघीय प्रणाली अन्तर्गतका बाँकी र तत्काल गर्नुपर्ने कामहरू सम्पन्न गर्न प्रधानमन्त्रीलाई भेटेर सुझाव दिएको पनि बताए ।
रूपान्तरण केन्द्रबाट प्रदेश र प्रदेशबाट स्थानीय तह, वडा र जनतामा हुनुपर्ने उनको भनाइ छ ।
उनले स्थानीय तहले पाउनुपर्ने सम्पूर्ण अधिकार दिनुपर्ने र कतिपय कामका लागि काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य गर्नुपर्नेमा जोड दिए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया