

प्रधानमन्त्री कप : कोशीसँग लुम्बिनी पराजित



काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई १६ रनले हराउँदै कोशी प्रदेश जित विहीन हुनबाट बचेको छ ।
लगातार ८ खेल हारेको कोशीले आफ्नो अन्तिम खेलमा लुम्बिनीलाई हराउँदै २ अंक जोडेर घर फर्किने भएको छ ।
जितको लागि १७३ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी ४६.५ ओभरमा १५६ रनमा अल आउट भयो ।
लुम्बिनीका दिलसाद अलीले ६४ बलमा २ चौकासहित सर्वाधिक ३२ रन बनाए । मिर्नल गुरुङ ३, सम्राट भुषाल २६, सुशान्त थापा ११, विराट भण्डारी २८ र कृष्ण कार्कीले २२ रन बनाए ।
कोशीका सौजन घिमिरेले १० ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ३ विकेट लिए । अभ्यास तिमिशिना, कमल खत्री र समिर कार्कीले २–२ विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी ४४।४ ओभरमा १७२ रनमा अल आउट भएको थियो । कोशीका ओपनर तथा कप्तान अंकित सुवेदीले ६५ बलमा ९ चौकासहित सर्वाधिक ४९ रनमा आउट भए ।
सौजन घिमिरे ६९ बलमा २ चौका र २ छक्कासहित ४३ रनमा आउट भए । मिनाश थापा ३४ बलमा ५ चौकासहित २५, समिर कार्की शून्य, आशिष भट्टराई १०, सोनु अन्सारी १७, फिर्दोस अन्सारी ४, भुपाल लुइटेंल ५ र कमल खत्री शून्य आउट भए ।
लुम्बिनीका नर सार्कीले १० ओभरमा २ मेडनसहित ३८ रन खर्चेर ४ विकेट लिए । अभिषेक गौतमले १० ओभरमा २ मेडनसहित ३१ रन खर्चेर २ विकेट लिए । वीर मगरले ७.४ ओभरमा १ मेडनसहित ३४ रन खर्चेर ३ विकेट लिए । कृष्ण कार्कीले १ विकेट लिए ।
कोशी ९ खेलमा १ मा जित र ८ मा हारसहित २ अंकका साथ पुछारमा रहेर बाहिरियो । लुम्बिनी ८ खेलमा १ मा जित र ७ मा हारसहित २ अंकका साथ नवौं स्थानमा छ ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया