

चन्द पोलिक्लिनिकमा रोटरीको निशुल्क शिविर : एक सय बढीले लिए लाभ





कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा शनिबार संचालन भएको निशुल्क स्वास्थ्य शिविरमा १ सय बढीले स्वास्थ्य लाभ लिएका छन् । रोटरी कल्ब अफ कपिलवस्तु मीडटाउनले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा करिब १ सय २० जनाले स्वस्थ जाँच गराएका हुन ।
वाणगङ्गा चार नम्बरमा रहेको चन्द पोलिक्लिनिकमा भएको कार्यक्रममा विशेषज्ञ डाक्टर समक्ष उनीहरूको स्वास्थ्य जाँच गरिएको हो । शिविरमा जनरल फिजिसियन एमबिबिएस एम डि डा। खलिल मिया र डा। दिपेन्द्र चन्दले स्वास्थ्य जाँच गरेका थिए ।
बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणि अर्यालको ब्लड प्रेसर जाँच गरेर कार्यक्रमको उद्घाटन गरिएको आयोजकले जनाएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मेयर अर्यालले सामाजिक उत्थान तथा विकासका रोटरीले सञ्चालन गरेका कार्यहरू प्रशासनीय रहेको बताए । उनले रोटरी क्लबलाई नगरले सहयोग गर्दै आएको प्रष्टपार्दै आगामी दिनमा पनि उक्तिकै सहयोग रहने बताए ।
शिविरमा कल्बका अध्यक्ष विष्णु माया श्रेष्ठको अध्यक्षता, वाणगङ्गा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालको प्रमुख आतिथ्यता, स्वास्थ्यकर्मी भक्तिराम पाण्डे, ३२९२ नेपाल भारत जोन ३४ का असिस्टेन्स गर्भनर एजी बासुदेव घिमिरेको विशिष्ट आतिथ्यता, क्लबका पूर्व अध्यक्ष नरेश पौडेल, माधव भाट क्षेत्री, मोहन बेल्बासे, रोटरी कल्ब अफ कपिलवस्तु मीडटाउनका चार्टर प्रेसिडेन्ट लक्ष्मण अधिकारीको आतिथ्यता रहेको कार्यक्रममा प्रेसिडेन्ट बद्री प्रसाद काफ्लेको स्वागत, रोटरीयन समिर सायरको सञ्चालन रहेको थियो ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया