

१९ वर्ष मुनिको विश्वकप क्रिकेट : वेस्ट इन्डिजलाई हराउँदै आयोजक दक्षिण अफ्रिकाको विजयी शुरुवात



काठमाण्डौ : आईसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेटमा आयोजक दक्षिण अफ्रिकाले विजयी शुरुवात गरेको छ । समूह ‘बी’ मा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ३१ रनले हराएको हो । जितका लागि २ सय ८६ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ४० ओभर १ बलमा २ सय ५४ रनमा अलआउट भयो । उसका जेवेल एन्ड्रियुलले शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।
दक्षिण अफ्रिकाका क्वेना माफाकाले ५ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनाएको थियो । उसका डेवन मारिसले ६५ रन बनाए । वेस्ट इन्डिजका नाथन सेलीले ३ तथा नाथन इडवार्ड र डेशावन जेम्सले समान २ विकेट लिए ।
हिजो नै भएको अर्को खेलमा आयरल्यान्डले अमेरिकालाई ७ विकेटले हरायो । अमेरिकाले दिएको १ सय ६ रनको सामान्य लक्ष्य आयरल्यान्डले २२ ओभर ५ बलमा ३ विकेट गुमाएर भेटायो ।
टस हारेर पहिला ब्याटिङ गरेको अमेरिका ४० ओभर २ बलमा १ सय ५ रनमा अलआउट भएको थियो । आज स्कटल्यान्ड र इंग्ल्यान्ड, पाकिस्तान र अफगानिस्तान तथा बंगलादेश र भारतबीच खेल हुनेछ । नेपालले आफ्नो पहिलो खेल भोलि न्युजिल्यान्डसँग खेल्नेछ ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया