

लायन्सको मेघा स्वास्थ शिविर, ३०० बढीले लिए सेवा





कपिलवस्तु : लायन्सको आयोजनामा आयोजित मेघा स्वास्थ शिविरमा ३०० भन्दा बढी सेवाग्राहीले सेवा लिएका छन् ।
लायन्स क्लव अफ कपिलवस्तु, लायन्स क्लव अफ कपिलवस्तु दिदिबहिनी तथा लियो क्लव अफ कपिलवस्तुको संयुक्त आयोजनामा आज वाणगंगा ९ स्थित शुद्धोदन मा.वि जिनुवा परिसरमा उक्त शिविर सञ्चालन गरिएको थियो ।
लायन्स अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको १४५ औँ जन्मजयन्तीका अबसरमा सञ्चालित सर्भिस सप्ताह अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको लायन्सले जनाएको छ । आज सप्ताहको अन्तिम दिन समेत रहेको थियो ।
नेपाल जिवनको सबै भन्दा ठुलो पक्ष भनेको स्वास्थ हो, आफू स्वास्थ रहे मात्र समाज स्वास्थ्य हुने बताउदै आजको मेघा स्वास्थ्य शिविर सञ्चालन गरिएको लायन्स क्लव अफ कपिलवस्तु अध्यक्ष ओम प्रकाश घिमिले बताउनुभयो ।

आयोजित शिविरमा डा. प्रकृति राज कंडेल , डा. मनिषा महर्जन, डा. नविन श्रेस्ठ, डा. खलिल मिया, प्रकृति हेल्थ केयर सेन्टर -बुटवल तथा वनगाई , CTL Pharmaceutical , Meera Biotech Pvt, नेपाल औषधि ब्यवसायी संघ – कपिलवस्तु, भैरव आँखा उपचार केन्द्र- जितपुरको समन्वय तथा वाणगंगा न.पा वडा नः९ का शुद्धोदन मा.वि जिनुवाको सहयोग रहेको थियो ।

आयोजित कार्यक्रमा लायन्स ३२५ पि का सेकेन्ड डिस्ट्रिक गर्भनर बालाराम भट्टराईको प्रमुख आथितियता, वाणगंगा वडा नम्बर ९ का अध्यक्ष कमल पौडेलको आथितियता रहेको कार्यक्रम लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष र लायन्स दिदिबहिनीको अध्यक्ष रितु खनालको संयुक्त अध्यक्षता रहेको कार्यक्रममा लायन्स कपिलवस्तुका प्रथम उपाध्यक्ष नवदत्त घिमिरेको स्वागत मन्तव्य तथा सचिव राम प्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको थियो । ,


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया