

टी–२० विश्वकप : नेपालले समूह चरणमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्ससँग खेल्ने



काठमाण्डाै : आईसीसीले यस वर्षकाे जुनमा हुने टी–२० विश्वकपकाे खेल तालिका सार्वजनिक गरेकाे छ । नवाैँ संस्करणकाे प्रतियाेगिता जुन ४ देखि ३० सम्म अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ ।
आईसीसीले आज शुक्रवार सार्वजनिक गरेकाे तालिकाअनुसार नेपाल समूह ‘डी’ मा रहेकाे छ । याे समूहमा नेपालसँगै दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स रहेका छन् । याे समूहमा रहेका दक्षिण अफ्रिका, श्रीलङ्का र बङ्गलादेश टेस्ट खेल्ने राष्ट्र हुन् ।
नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा श्रीलङ्कासँग जुन ११, तेस्रो खेलमा दक्षिण अफ्रिकासँग जुन १४ र चौथो खेलमा बङ्गलादेशसँग जुन १६ मा खेल्नेछ ।
गएकाे कात्तिकमा घरेलु मैदानमा भएकाे एसिया क्षेत्रकाे छनाेटमा यूएईलाई हराउँदै नेपालले १० वर्षपछि टी–२० विश्वकपमा ठाउँ बनाएकाे थियाे । नेपालले दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि सन् २०१४ मा नेपालले पहिलाे पटक टी–२० विश्वकप खेलेको थियो ।
आईसीसीले सार्वजनिक गरेकाे तालिकाकाे समूह ‘ए’ मा भारत, पाकिस्तान, आयरल्यान्ड, क्यानडा र अमेरिका रहेका छन् । यस्तै समूह ‘बी’ मा इङ्ग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान छन् । सार्वजनिक तालिकाअनुसार न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्यु गिनी (पीएनजी) समूह ‘सी’ मा छन् ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया