

चीनबाट आउन थालेपछि प्याजको भाउ सस्तियाे



काठमाण्डौ : चीनबाट प्याज आउन थालेपछि भारतीय प्याजको भाउ समेत सस्तो हुन थालेको छ । दुई हप्ता अघिसम्म प्याजको भाउ थोकमै किलोको एकसय ६० रुपैयाँ पुगेकाेमा अहिले घटेर ८५ रुपैयाँ पुगेको छ ।
काठमाण्डौको कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार आज भारतीय प्याजको थोक मूल्य किलोको ७५ देखि ८५ रुपैयाँ छ ।
यस्तै, चिनियाँ प्याजको थोक भाउ किलोको ६५ देखि ७० रुपैयाँ छ । मङ्सिरको अन्तिम हप्ता भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै नेपालमा भाउ बढेको थियो । त्यसपछि चीनबाट प्याज भित्रिन थालेपछि भाउ सस्तो हुन थालेको हो ।
काठमाण्डौमा भारतबाट दैनिक ८० मेट्रिक टन र चीनबाट पाँच/सात मेट्रिकटनसम्म प्याज भित्रिने गरेको समितिले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया