

गोलकिपर विशाल श्रेष्ठद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासकाे घोषणा



काठमाण्डाै : राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा हिजो टोलीले अन्तिम खेल खेलेपछि विशालले अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका हुन् । उनी एफसी चितवनको कप्तान समेत थिए । अब नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने लागेर सन्यास लिएको उनले बताएका छन् । उनले नियमित लिग भएको खण्डमा क्लब फुटबलमा केही समय खेल्ने पनि बताएका छन् ।
सन् २०११ मा पहिलो पटक राष्ट्रिय टोलीमा प्रवेश गरेका विशालले सन् २०२१ को सेप्टेम्बर ५ तारिखमा भारतसँगको खेलमा परिवर्तीत खेलाडीका रुपमा डेब्युको अवसर पाएका थिए । दशरथ रङ्गशाला भएको दोस्रो मैत्रीपूर्ण खेलमा कप्तान एवं गोलकिपर किरण चेम्जोङको ठाउँमा ८६औँ मिनेटमा उनी मैदान छिरेका थिए ।
विशाल राष्ट्रिय टोलीबाट धेरै मौका नपाएका तर घरेलु फुटबलमा सफल गोलकिपरका रुपमा पर्छन् । मनाङ मर्स्याङ्दी क्लबबाट ‘ए’ डिभिजन लिग जितेका उनी दुई पटक मछिन्द्र क्लबबाट च्याम्पियन बनेका छन् ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया