

एनएसएल : आज समूह चरणको अन्तिम दुई खेल, चारै टोलीको प्लेअफ सम्भावना



काठमाण्डाै : नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज समूह चरणको अन्तिम दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा वीरगञ्ज युनाइटेड एफसी र बुटवल लुम्बिनी एफसी दिउँसो एक बजे खेल्नेछन् ।
वीरगञ्ज ७ खेलमा ८ अङ्कसहित तालिकाको सातौँ र बुटवल लुम्बिनी समान खेलमा ७ अङ्कसहित पुछारमा छ । त्यस्तै, बेलुका ५ बजे काठमाण्डौ रेजर्स एफसी र ललितपुर सिटी एफसीबीच खेल हुनेछ । अङ्क तालिकामा तेस्रो स्थानमा रहेको ललितपुरको ७ खेलमा १० छ । साविक विजेता टोली काठमाण्डौ ७ खेलमा ९ अङ्कसहित छैटौँ स्थानमा छ ।
गणितीय रुपमा यी चारै टोलीको प्लेअफ सम्भावना कायम छ । हिजो भएको पहिलो खेलमा शीर्ष स्थानको पोखरा थन्डर्सले धनगढीसँग बराबरी खेल्यो । पोखरा १५ अङ्कसहित शीर्ष र धनगढी १३ अङ्कसहित दोस्रो स्थानमा छ । यी दुई टोली प्लेअफमा पुगिसकेका छन् ।
हिजोको अर्को खेलमा चितवनले झापालाई हरायो । हारका कारण झापालाई प्लेअफमा पुग्न कठिन छ । झापा १० अङ्कसहित चौथो स्थानमा छ । आजको खेलमा वीरगञ्ज र काठमाण्डौ हारेको अवस्थामा मात्रै झापाको प्लेअफ खेल्ने सम्भावना देखिन्छ ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया