

अर्घाखाँचीमा बाँँझाे जमिनकाे सदुपयोग थालिँदै,बेरोजगार नागरिकहरुलाई रोजगारी दिने याेजना





अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले १ सय ४५ रोपनी बाँझो जग्गाको सदुपयोग गरी प्याज र गहत खेतीको सुरुवात गरेको छ । बढ्दो बसाईसराई रोकथामका लागि चालु आर्थिक वर्षमा नगरपालिकाभित्र रहेका बाँझो जग्गाको खोजी गरी बेरोजगार नागरिकहरुलाई रोजगारी दिने कार्यक्रम अघि बढाएको छ ।
पूर्वाधार निर्माणको निरन्तरता सँगसँगै बाँझो रहेका जग्गाका धनीहरुसँग सम्झौता गरी पहिलो चरणमा प्याज र गहत खेतीको सुरुवात गरेको योजना शाखा प्रमुख हरिश्चन्द्र भुसालले बताए । जग्गा सम्झौता गर्दा यातयातको पहुँच पानीको सुविधा जस्ता विषयमा पनि अध्यान गरेर सम्झौता गरिएको उनको भनाइ छ ।
कर्मशील जनशक्ति परिचालनमार्फत उत्पादित वस्तुको बजारीकरण गर्ने, बेचविखन गर्ने, बिक्रिबाट प्राप्त आयलाई नगरपालिकाको आन्तरिक आयखातामा जम्मा गरी सुचिकृत वेरोजगारहरु परिचालन गर्ने र सो वापत उनीहरुलाई पारिश्रमिक दिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द आचार्यले भनाइ छ ।
सुचिकृत विपन्न वेरोजगार जनशक्ति मध्ये १ सय जनालाई कर्मशील जनशक्तिमा परिचालन गरिएको छ । १० वटा वडा रहेको नगरपालिकाले पहिलो चरणमा १ सय ४५ रोपनी जग्गा लिजमा लिएको छ । जसमा प्याज खेती सुरु गरिएको छ ।
वडा नम्बर ९ ढिकुराको डेभा, वडा नम्बर ५ असुरकोट दुर्वाङ्ग, वडा नम्बर २ ढाकावाङ्ग खाकाबेसी र वडा नम्बर ७ को डुम्रिचौरमा यो अभियानको सुरुवात गरिएको नगरप्रमुख झविलाल थापाले बताए । अनुदानमात्र वितरण गर्ने प्रतिफल प्राप्त नहुने खालका परम्परागत कृषि तथा पशू तर्फका योजना तथा कार्यक्रमहरुलाई निरुत्साहित गदै नगरपालिकाले आगामी दिनहरुमा प्रतिफल आउने गरी कार्यक्रम अगाडी बढाएको बताए ।
नगरपालिकाको मुख्य उद्देश्य नै उत्पादनमा जोड दिने हो, यो अभियानको नगरपालिका लागेको छ ।यो सँगै मकैको खोस्टा(पोस्कर) र थाकलको पातहरुबाट अन्तराष्ट्रिय बजारमा बिक्री हुने टोपी,हाते झोला(लेडिज ब्याग) तयार प्रदान गरिएको छ । त्यसबाट पनि रोजगारको सृर्जना हुने नगरप्रमुख थापाले बताएका छन ।
संघ र प्रदेशबाट प्राप्त हुने सिमित अनुदानबाट नगरपालिका भित्रका मुख्य सडक कालोपत्रे, १० वटै वडामा वडा कार्यालय निर्माण, ९५ प्रतिशत घरधुरीमा खानेपानीको पहुँच विस्तार, १५ शैयाको आधारभुत अस्पताल निर्माण जस्ता काम गरेको बताएको छ ।
स्राेत : राजधानी


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया