

दाङमा टिप्परको ठक्करबाट दुई युवाको मृत्यु

दाङ : टिप्परले ठक्कर दिँदा दाङमा प्यूठानका दुई जना यूवाको मृत्यु भएको छ । शुक्रवार राती घोराही उपमहानगरपालिका वडा नम्वर १० स्थित झारबैरा चोकमा दुर्घटना हुँदा झिमरुक गाउँपालिका ४ बांगेमरोठ कोटका १७ वर्षिय विशाल जिसी र उनका भान्जा नौवहिनी गाउँपालिका ६ लुङका १८ वर्षिय सागर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय घोराही दाङले जनाएको छ ।
तुलसीपुरबाट घोराही तर्फ आउँदै गरेको रा १ क १३०७ नम्वरको टिप्परले बिपरित दिशा तर्फ जाँदै गरेको रा २ प ५५८९ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । घाइते यूवाहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारको क्रममा मृत्यु भएको थियो । टिप्पर चालक रुन्टीगढी गाउँपालिका ९ रोल्पाका २६ वर्षिय ईश्वर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया