

कपिलवस्तु महोत्सव : ‘समय सकिदैँ, माहोल तात्दै’, शनिबार आउँदै छन् यी कलाकार





कपिलवस्तु । १४ औं कपिलवस्तु महोत्सवको समय अव दुई दिन मात्र बाकी रहदा माहोल झनै बढी तातिदै गएको छ । शुक्रवार चर्चित लोकदोहोरी गायक पशुपती शर्मा र विष्णु श्रीपाली को गीतमा दर्शकले मनोरञ्जन लिएका छन् । उनीहरुले महोत्सवमा आफ्ना प्रस्तुती राख्दा समर्थनमा दर्शकहरुले हुटिङ गर्दै साथ दिएका थिए ।
कार्यक्रममा आधुनिक गाएक रमेशराज भट्राई, मेलिना राई लगाएतका कलाकारको प्रस्तुतिमा राति अवेर सम्म दर्शकहरु रमाएका थिए । कलाकारहरुले आफ्ना चर्चित गीतबाट महोत्सवका दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । साथै महोत्सवको शुक्रबार शुरुवातमा डा। चिन्तामणीनाथ योगीको प्रवचनबाट बाणगंगाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
महोत्सवमा स्थानीय डान्स आइडलका कलाकार तथा विद्यार्थीहरुले सामुहिक नृत्य समेत प्रस्तुत गरेका थिए । शुक्रवार मात्रै ८ हजार दर्शकले अवलोकन गरेको र ३० लाख रुपैयाको कारोबार भएको महोत्सवका निर्देशक दिनेश क्षेत्रीले जानकारी दिए ।
महोत्सवको शनिवारको आकर्षणमा चर्चित लोक दोहोरी गाएक पुष्कल शर्मा आउँदै छन भने गयक टंक तिमिल्सिना, सन्दिप न्यौपाने, मनिष खड्का, रितु शाही लगाएतका कलाकारहरुलाई पनि आयोजकले स्टेजमा उतार्ने तयारी गरेका छन् ।
महोत्सवमा कृषिजन्य स्थानीय उत्पादन देखी अटो, सूचना प्रविधि, खाद्य, लत्ताकपडा, सेवा सुचना लगायतका करिव २ सय भन्दा बढी स्टल रहेका छन् । महोत्सव पौष १ गते गतेसम्म संचालन हुनेछ ।


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया