कपिलवस्तु महोत्सव : ‘समय सकिदैँ, माहोल तात्दै’, शनिबार आउँदै छन् यी कलाकार

कपिलवस्तु । १४ औं कपिलवस्तु महोत्सवको समय अव दुई दिन मात्र बाकी रहदा माहोल झनै बढी तातिदै गएको छ । शुक्रवार चर्चित लोकदोहोरी गायक पशुपती शर्मा र विष्णु श्रीपाली को गीतमा दर्शकले मनोरञ्जन लिएका छन् । उनीहरुले महोत्सवमा आफ्ना प्रस्तुती राख्दा समर्थनमा दर्शकहरुले हुटिङ गर्दै साथ दिएका थिए ।

कार्यक्रममा आधुनिक गाएक रमेशराज भट्राई, मेलिना राई लगाएतका कलाकारको प्रस्तुतिमा राति अवेर सम्म दर्शकहरु रमाएका थिए । कलाकारहरुले आफ्ना चर्चित गीतबाट महोत्सवका दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । साथै महोत्सवको शुक्रबार शुरुवातमा डा। चिन्तामणीनाथ योगीको प्रवचनबाट बाणगंगाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

महोत्सवमा स्थानीय डान्स आइडलका कलाकार तथा विद्यार्थीहरुले सामुहिक नृत्य समेत प्रस्तुत गरेका थिए । शुक्रवार मात्रै ८ हजार दर्शकले अवलोकन गरेको र ३० लाख रुपैयाको कारोबार भएको महोत्सवका निर्देशक दिनेश क्षेत्रीले जानकारी दिए ।

महोत्सवको शनिवारको आकर्षणमा चर्चित लोक दोहोरी गाएक पुष्कल शर्मा आउँदै छन भने गयक टंक तिमिल्सिना, सन्दिप न्यौपाने, मनिष खड्का, रितु शाही लगाएतका कलाकारहरुलाई पनि आयोजकले स्टेजमा उतार्ने तयारी गरेका छन् ।

महोत्सवमा कृषिजन्य स्थानीय उत्पादन देखी अटो, सूचना प्रविधि, खाद्य, लत्ताकपडा, सेवा सुचना लगायतका करिव २ सय भन्दा बढी स्टल रहेका छन् । महोत्सव पौष १ गते गतेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया