

एसीसी यू-१९ : नेपालले आज भारतसँग खेल्दै

काठमाण्डाै : एसीसी-१९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ । खेल दुबईमा बिहान सवा ११ बजे हुनेछ ।
नेपालले अहिलेसम्म दुई खेल खेलेकोमा दुवैमा हार बेहोरेको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग र दोस्रो खेलमा अफगानिस्तानसँग पराजित भएको हो ।
यस्तै, आजै हुने अर्को खेलमा पाकिस्तान र अफगानिस्तान खेल्दैछन् । यो खेल पनि बिहान सवा ११ बजे हुनेछ । दुई खेलमा दुवै खेल जितेको पाकिस्तान ४ अङ्क जोडेर समूहको शीर्ष स्थानमा छ । अफगानिस्तानले भने दुई खेलमा एकमा जित र एकमा हार बेहोरेको छ ।
प्रतियोगिताको फाइनल खेल आउँदो पुस एक गते हुनेछ ।


खबर सबै
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु






प्रतिक्रिया