

दाङमा राजमार्ग लक्षित ट्राफिक सचेतना



दाङ । जिल्ला ट्राफिक प्रहरी दाङले राजमार्ग लक्षित ट्राफिक सचेतना कार्यक्रमलाई तिब्रता दिएको छ । यस अघि देउखुरीका सिसहनिया, नर्ती र भालुवाङमा राजमार्ग लक्षित ट्राफिक सचेतना कार्यक्रम भैसकेको छ भने शुक्रबार पनि लमहीमा कार्यक्रम गरिएको छ ।
लमही नगरपालिकाका कार्यवाहक नगर प्रमुख लक्ष्मी योगीले सडक दुर्घटना हुन नदिन सबै सचेत हुनु पर्ने बताइन् । सडक बाटो काट्दा सवारी चालक र यात्रु पनि चनाखो हुनु पर्ने उनको भनाई छ । यात्रुहरुलाई आवतजावत गर्दा आइपर्ने ट्राफिक समस्यामा सहजीकरण गरिदिन पनि कार्यवाहक नगर प्रमुख योगीले आग्रह गरिन ।
वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेल, ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी, ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी, ६ का वडा अध्यक्ष श्यामनारायण चौधरी, यातायात व्यवसायीहरुको पनि सहभागिता रहेको थियो ।
यो कार्यक्रमको बारेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरण प्रकाश मल्लले ट्राफिक नियमबारे प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सहजीकरण अस्थायी ट्राफिक प्रहरी पोस्ट लमहीका प्रमुख विष्णु प्रसाद न्यौपानेले गरेका थिए ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया