

दाङमा राजमार्ग लक्षित ट्राफिक सचेतना





दाङ । जिल्ला ट्राफिक प्रहरी दाङले राजमार्ग लक्षित ट्राफिक सचेतना कार्यक्रमलाई तिब्रता दिएको छ । यस अघि देउखुरीका सिसहनिया, नर्ती र भालुवाङमा राजमार्ग लक्षित ट्राफिक सचेतना कार्यक्रम भैसकेको छ भने शुक्रबार पनि लमहीमा कार्यक्रम गरिएको छ ।
लमही नगरपालिकाका कार्यवाहक नगर प्रमुख लक्ष्मी योगीले सडक दुर्घटना हुन नदिन सबै सचेत हुनु पर्ने बताइन् । सडक बाटो काट्दा सवारी चालक र यात्रु पनि चनाखो हुनु पर्ने उनको भनाई छ । यात्रुहरुलाई आवतजावत गर्दा आइपर्ने ट्राफिक समस्यामा सहजीकरण गरिदिन पनि कार्यवाहक नगर प्रमुख योगीले आग्रह गरिन ।
वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेल, ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी, ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी, ६ का वडा अध्यक्ष श्यामनारायण चौधरी, यातायात व्यवसायीहरुको पनि सहभागिता रहेको थियो ।
यो कार्यक्रमको बारेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरण प्रकाश मल्लले ट्राफिक नियमबारे प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सहजीकरण अस्थायी ट्राफिक प्रहरी पोस्ट लमहीका प्रमुख विष्णु प्रसाद न्यौपानेले गरेका थिए ।


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया