

शेयर बजार दाेहाेराे अङ्कले घट्याे, १ अर्ब ५४ कराेड रुपैयाँकाे काराेबार



काठमाण्डाै : शेयर बजार आज मङ्गलवार पनि घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव १० अङ्कले घटेर १ हजार ८ सय ३७ दशमलव ७१ विन्दुमा झरेकाे छ ।
आज जीवन बीमाबाहेक सबै समूहकाे शेयर घटेकाे छ । आज उत्पादन तथा प्रशाेधन, हाेटल तथा पर्यटन, निर्जीवन बीमा, व्यापार र माइक्राेफाइनान्स समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ । आज सबैभन्दा धेरै विशाल बजार कम्पनीकाे शेयर साढे ९ प्रतिशतले घटेकाे छ । समग्रमा बजार घटेकाे दिन सिङ्गटी हाइड्राे इनर्जीकाे शेयर १० प्रतिशतले बढेकाे छ ।
आज बजार घटे पनि काराेबार रकम बढेकाे छ । हिजाे साेमवार १ अर्ब १९ कराेड रुपैयाँकाे शेयर काराेबार भएकाेमा आज ४६ लाख ९८ हजार कित्ता शेयर १ अर्ब ५४ कराेड रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपालकाे ३६ कराेड २९ लाख रुपैयाँकाे शेयर किनबेच भयाे ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया