

नेपाल सुपर लिगमा आज धनगढी र बुटवल लुम्बिनी खेल्दै

काठमाण्डाै : नेपाल सुपर लिग (एनएसएल) मा आज धनगढी एफसी र बुटवल लुम्बिनी एफसी खेल्नेछन् । यो खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ ।
हिजो भएको खेलमा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले गोलरहित बराबरी खेलेका छन् । बराबरीसँगै दुवै टोलीको समान दुई खेलमा समान चार अङ्क भएको छ ।
पहिलो खेलमा ललितपुरले बुटवल लुम्बिनीलाई २–० गोलले र पोखराले एफसी चितवनलाई १–० गोलले हराएको थियो । एनएसएलको दोस्रो संस्करणमा ९ टोली सहभागी छन् ।


खबर सबै
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु






प्रतिक्रिया