

कृष्णनगरमा मनाइयो हर्षोंउल्लासका साथ छठ पर्व


अजय मिश्र / कृष्णनगर
देशको विभिन्न ठाउँ लगायत कपिलवस्तुमा पनि छठ पर्व अन्तर्गत आइतवार अस्ताउदो सूर्य लाई अर्घ दिइ सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ पर्व समापन हुनेछ ।
जिल्लाका विभिन्न स्थानका नदी, नहर, तलाउ र पोखरीमा जम्मा भएका श्रद्धालुहरूले समेत आइतवार साँझ सूर्यलाई अर्घ्य दिएका छन् ।
कपिलवस्तुको तौलिहवा,बहादुरगंज,महाराजगंज,लगायत जिल्लाका विभिन्न स्थानका जलाशय सिँगारिएको छ । छठ व्रत गर्ने महिला र पुरुषहरूले साँझ अस्ताउँदै गरेको सूर्य देवतालाई नदी नहर पोखरी वा पवित्र जलाशयमा उभिएर माटोले निर्मित भाडा वर्तन,कनसुप्ति, छिट्टा (बाँस ले निर्मित सामग्री) सहितका भाडा वर्तनमा राखिए केरा,ऊखु स्याऊ, ठेकुवा, भूस्बा, खाजा, लड्डू सहितका फलफूल, सामग्रीहरू सूर्य देवतालाई चढाउने गर्दछन् ।
कृष्णनगर नगरपालिका वडा नं १ सेमरा स्थित पोखरीमा पनि छठ पूजा धूमधामका साथ मनाइएको छ । उक्त स्थानमा कृष्णनगरका हजारौँ श्रद्धालु पूजापाठ गरि धूमधामका साथ छठ पर्व मनाएका छन्। छठघाटमा स्थानीय नेताहरु समेत पुगेर छठ पर्वको शुभकामना आदान प्रदान गरेका छन्।


खबर सबै
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन






प्रतिक्रिया