

सिंगापुरविरुद्धको खेलमा अर्नाको साढे ६ लाख भन्दा बढी खर्च, सबैभन्दा धेरै भुर्तेलले पाउने



काठमाडौं
‘आईसीसी मेन्स टी–२० वर्ल्ड कप एसिया क्वालिफायर’ अन्तर्गतको सिंगापुरविरुद्धको खेलमा बलर अभिनास बोहोराले ८४ हजार रुपैयाँ पाउने भएका छन् । टीयू क्रिकेट मैदानमा जारी ‘समूह ए’ अन्तरगर्तको खेलमा सिंगापुरविरुद्ध बलिङ गर्दै अभिनास बोहोराले ८४ हजार कमाएका हुन् ।
विश्वकप छनौट अन्तर्गतको खेलमा खेलाडीलाई प्रोत्साहन गर्ने नीतिसहित अर्ना बियरले प्रत्येक विकेटमा २५ हजार रुपैयाँ दिने उद्घोष गरेको छ । यस्तै, प्रति डटबलमा समेत एक हजार रुपैयाँ दिने अर्नाको घोषणा छ । सिंगापुरविरुद्धको खेलमा अभिनास बोहोरा ३ विकेट लिँदै सबैभन्दा धेरै विकेट लिने खेलाडीका रुपमा रहेका छन् । यस्तै, उनले ९ डटबल फालेका छन् ।
यसपछि समान दुई/दुई विकेट लिँदै समान १३/१३ डट बल फालेका सन्दीप लामिछाने र गुल्सन झाले समान ६३/६३ हजार पाउनेछन् । मुलपानी र टियू मैदानमा सम्पन्न त्रिदेशीय प्रतियोगिता नखलेका लामिछाने विश्वकप छनौटको खेलमा भने मैदान फर्किका छन् । यसपछि, २ विकेट लिँदै ११ डट बल फालेका करन केसीले ६१ हजार रुपैयाँ र विनाविकेट १३ डटबल फालेका सोमपाल कामीले १३ हजार रुपैयाँ पाउनेछन् ।
विश्वकप छनौटको आफ्नो पहिलो खेलअन्तर्गत सिंगापुरबाट १४६ रनको विजयी लक्ष्य पाएको नेपालका ब्याट्सम्यानले समेत उल्लेख्य रकम पाउने भएका छन् । अर्नाले ब्याट्सम्यानलाई प्रतिरनमा १ हजार रुपैयाँ दिने घोषणा गरेको छ । यस्तै कम्पनीले प्रति चौका १० हजार र प्रति छक्का प्रहारमा २० हजार रुपैयाँ उद्घोष गरेको छ । साथै, प्रति चौका र छक्कामा बनेको रन ‘सिंगल रन’ मा समेत गणना हुने अर्नाको उद्घोष छ ।
सुरुवाती ब्याटिङ गर्दै सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछ्याउनेक्रममा ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले सबैभन्दा धेरै रकम पाउने भएका छन् । उनले ४८ बलको सामना गर्दै ८ चौका र २ छक्का प्रहार गर्दै ७४ रन बनाए । यसअनुसार ८ चौका प्रहार गर्दा १० हजारका दरले ८० हजार र २ छक्काबाट २० हजारका दरले ४० हजार पाउनेछन् । यस्तै, प्रति रनबाट १ हजारका दरले ७४ हजार रुपैयाँ पाउनेछन् । सिंगापुरविरुद्धको खेलमा उनले कूल १ लाख ९४ हजार रुपैयाँ पाउने भएका छन् ।
यस्तै, तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान रोहितले ९५ हजार रुपैयाँ पाउने भएका छन् । उनले समान २/२ चौका र छक्काको मद्धतमा ३५ रन बनाए । यसबाहेक, २ छक्का र १ चौकाको सहयोगमा २७ रन बनाएका आसिफ शेखले ७७ हजार रुपैयाँ पाउनेछन् भने अन्तिममा ब्याटिङ गर्न आएका कुशल मल्लले २६ हजार पाउनेछन् । उनले पहिलो बलमै छक्का प्रहार गर्दै ६ रन जोड्दै नेपाललाई २ अंक दिलाए ।
कम्पनीको उद्घोष अनुसार आज सिंगापुरविरुद्ध बलिङ गरेका सबै बलरले कूल २ लाख ८४ हजार र ब्याट्सम्यानले ३ लाख ९२ हजार रुपैयाँ पाउनेछन् ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था


_8qtC8liD4C.gif?w=640&ssl=1)










प्रतिक्रिया