

विश्व कप क्रिकेट : दक्षिण अफ्रिकाले बङ्लादेशलाई १ सय ४९ रनको फराकिलो अन्तरले हरायो



काठमाण्डाै
आईसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बङ्लादेशलाई १ सय ४९ रनको फराकिलो अन्तरले हराएको छ ।
जितसँगै दक्षिण अफ्रिका पाँच खेलमा ८ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसको सेमिफाइनलकाे सम्भावना पनि बलियो बनेको छ । जितका लागि ३ सय ८३ रनको लक्ष्य पछ्याएको बङ्लादेश ४६ ओभर ४ बलमा २ सय ३३ रनमा अलआउट भयो ।
बङ्लादेशका महमुदुल्लाह रियादले सर्वाधिक १ सय ११ रनको शतकीय पारी खेले पनि टोलीको हार टार्न सकेनन् । उनको एकदिवसीयमा चौथो र विश्व कपको तेस्रो शतक हो ।
दक्षिण अफ्रिकाका जेराल्ड कोट्जीले ३ तथा कागिसो रबाडा, मार्को यानसन र लिजार्ड विलियम्सले समान दुई विकेट लिए । केशव महाराजले एक विकेट लिए ।
त्यसअघि मुम्बईमा टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ८२ रन बनाएको थियो । यो विश्व कपमा दक्षिण अफ्रिकाले तेस्रो पटक ३ सय ५० भन्दा धेरै रन बनाएको हो । यसअघि श्रीलंकासँगको खेलमा ४ सय २८ र इङ्ल्यान्डसँगको खेलमा ३ सय ९९ रन बनाएको थियो । दक्षिण अफ्रिकाका क्विन्टन डिककले सर्वाधिक १ सय ७४ रन बनाए । यो विश्व कपमा उनको तेस्रो शतक हो ।
हेनरिक क्लासेनले ९० रन जोडे । कप्तान एइडन मारक्रम ६० रनमा आउट भए । बङ्लादेशका हसन महमुदले दुई विकेट लिए । मेहेदी हसन मिराज, शोरिफुल इस्लाम र कप्तान शकिब अल हसनले समान एक विकेट लिए । विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र नेदरल्यान्ड्सबीच खेल हुनेछ ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया