

विश्वकप क्रिकेट : दुई अपराजित टोलीको भिडन्त आज



एजेन्सी
एकदिवसीय विश्वकप २०२३ मा हालसम्म अपराजित रहेका दुई टोली भारत र न्युजिल्याण्ड आइतबार आमनेसामने हुँदैछन् । खेल हिमाचल प्रदेश क्रिकेट संघ स्टेडियम, धर्मशालामा दिउँसो २:१५ बजे हुनेछ।
सन् २०१९ मा भारतलाई विश्वकप जित्ने बलियो दाबेदार मानिन्थ्यो तर सेमिफाइनलमा न्युजिल्याण्डसँग १८ रनले पराजित भएपछि टोली बाहिरिएको थियो।
हेड-टू-हेड र पछिल्ला रेकर्डहरू
दुई टोलीबीच हालसम्म कुल ११६ एकदिवसीय खेलहरु खेलिएका छन् । भारतले ५८ खेल जितेको छ भने न्युजिल्याण्डले ५० खेल जितेको छ । ७ खेल अनिर्णित रह्यो भने एक खेल टाई पनि भयो ।

एकदिवसीय विश्वकपमा न्यूजिल्याण्डको अग्रता छ । प्रतियोगितामा यी दुईबीच ९ खेल भएका छन् जसमध्ये ५ मा न्युजिल्याण्डले जित्यो भने ३ मा भारतले जितेको छ । सन् २०१९ को विश्वकपमा मा एक खेल वर्षाका कारण अनिर्णित रह्यो भने अर्को खेल न्युजिल्याण्डले जितेको थियो ।
भारतले पछिल्लो पटक सन् २००३ मा न्यूजिल्याण्डविरुद्ध एकदिवसीय विश्वकपमा जित हासिल गरेको थियो । त्यसपछि सीधा दुवै टोलीले २०१९ विश्वकपमा प्रतिस्पर्धा गरे जहाँ सेमिफाइनलमा भारत पराजित भयो। अर्थात् भारत २० वर्षदेखि प्रतियोगितामा न्युजिल्याण्डविरुद्ध जितको पर्खाइमा छ ।
भारतले पछिल्लो ५ एकदिवसी मध्ये ४ खेल जितेको छ भने एक खेलमा मात्रै हार बेहोरेको छ । त्यस्तै न्युजिल्याण्डले पछिल्ला ५ खेल लगातार जितेको छ ।
विश्वकपमा दुवै टोलीको पाँचौँ खेल
विश्वकपमा दुवै टोलीको यो पाँचौं खेल हुनेछ । भारत र न्यूजिल्याण्ड दुवैले पहिलो चार खेल जितेका छन् र दुवै अंक तालिकाको शीर्ष दुईमा रहेका छन् । दुवै टोलीको ८–८ अंक भए पनि राम्रो रनरेटका कारण न्युजिल्याण्ड पहिलो स्थानमा छ ।

यो विश्वकपमा भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक रन बनाएका छन् । उनको नाममा एक शतक र एक अर्धशतक पनि छ । बलिङमा भने तीव्र गतिका बलर जसप्रित बुमराहले सर्वाधिक १० विकेट लिएका छन् ।
न्युजिल्याण्डका लागि प्रतियोगितामा सर्वाधिक रन बनाउने डेभन कोनवे छन् । उनले शतकसहित २ सय ४९ रन प्रहार गरेका छन् । बलिङमा मिचेल सेन्टनर सर्वाधिक विकेट लिने खेलाडी हुन्, उनले चार खेलमा ११ विकेट लिएका छन् ।
भारतका अलराउन्डर हार्दिक पाण्डेय आज खेल्ने छैनन् । १९ अक्टोबरमा बंगलादेशविरुद्ध बलिङ गर्ने क्रममा हार्दिक घाइते भएका थिए । आफ्नो स्पेलको पहिलो ओभरको तेस्रो बलमा बलिङ गरेपछि उनको घुँडामा चोट लागेको थियो । खेलको बिचमा उनलाई स्क्यानका लागि लगिएको थियो। स्क्यान रिपोर्ट आएपछि उनको चोट गम्भीर नभएको स्पष्ट भएको थियो ।

पिच रिपोर्ट
हिमाचल प्रदेश क्रिकेट संघको पिच ब्याट्सम्यानका लागि सहयोगी साबित भएको छ। फास्ट बलरहरूले खेलको सुरुमा केही सहयोग पाउन सक्छन्।
यस मैदानमा अहिलेसम्म ७ ओडिआई खेलिएको छ । पहिलो इनिङ्समा ब्याटिङ गरेको टोलीले ३ खेल जितेको छ भने पछ्याउने टोलीले ४ खेल जितेको छ ।
मौसम पूर्वानुमान
शनिबार धर्मशालाको मौसम खुल्ने छैन । बादल लाग्ने र चिसो पनि निकै बढ्नेछ। पानी पर्ने सम्भावना ४२% छ। तापमान ११ देखि १८ डिग्री सेल्सियससम्म हुन सक्छ।


खबर सबै
-
आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे
-
बाणगंगामा जुवाको खालमा प्रहरीको छापा, ११ जना रंगेहात पक्राउ
-
वैकल्पिक राजनीतिको बहस उठाउँदै ‘लेखक खनाल’को पाँचौँ पुस्तक प्रकाशनको तयारीमा
-
नालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
-
कपिलवस्तुमा तिहार लक्षित सुरक्षा योजना, देउसीभैलो राति ९ बजे सम्म मात्रै
-
एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने
-
नालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
-
कपिलवस्तुमा तिहार लक्षित सुरक्षा योजना, देउसीभैलो राति ९ बजे सम्म मात्रै
-
एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने
-
आज काग तिहार मनाइँदै, यमपञ्चक सुरु
-
अर्घाखाचीमा पहिलो पटक देखियो दुर्लभ काँडे भ्याकुर
-
कृष्णनगरका २६९ परिवारको जग्गामा कानुनी स्वामित्व सुनिश्चित







प्रतिक्रिया