

तौलअनुसार खाऔँ मासु, कसले कति खाने ?





काठमाडौं
दसैँको बेला अधिकांश भान्सामा मासुको परिकार नै धेरै बन्ने गरेको पाइन्छ । मासुका धेरै परिकार खाइरहँदा स्वास्थ्यलाई भने ध्यानमा राख्न चिकित्सकहरू सुझाव दिन्छन् ।
क्लिनिकल न्युट्रेसनिष्ट प्रतिमा सेनका अनुसार चाडपर्वको समयमा रेड मिट (रातो मासु) बढी खानाले स्वास्थ्यमा तत्कालीन मात्र नभई दीर्घकालीन असर पुग्नसक्छ । रेड मिटमा प्रोटिनको मात्रा धेरै हुने भएकाले स्वस्थ्य र वयस्क व्यक्तिले आफ्नो शरीरको तौलअनुसार खानु उचित हुन्छ ।
सेनका अनुसार ५० केजीसम्म तौल भएको व्यक्तिले दैनिक एक सय ग्राम अर्थात् ३ देखि ४ पिस रेड मिट खानु स्वास्थ्यवर्द्धक हुन्छ । तर, विशेष व्यायाम गर्ने, खेल खेल्ने व्यक्तिले भने यसको मात्रा बढाउनसक्ने उनी बताउँछिन् ।
दीर्घरोगीहरूले भने एकसय ग्रामका हिसाबले साताको तीन पटक कुखुरा वा माछा खान सकिने तर रेड मिट भने मासिक १ पटक मात्रै खाए स्वास्थ्यवर्द्धक हुने उनको सुझाव छ ।
प्रोटिनको मात्रा अधिक हुन नदिन गेडागुडी, मासु तथा भात एकैपटक धेरै नखान र मासुसँगै सागसब्जी पनि उत्तिकै मात्रामा खान उनको सुझाव छ ।
विशेषगरी फ्रेस मिट, तथा अनप्रोसेस्ड मिटमा धेरै प्रोटिन माइक्रोन्युट्रेन्ट, आइरन, जिंक, भिटामिन बी १२ लगायत पोषण हुने भएकाले एकैपटक धेरै खाँदा ब्लडप्रेसर, मुटुसम्बन्धि विभिन्न समस्या तथा कोल्स्ट्रोल बढ्नसक्छ ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया