


दशैँमा परैबाट नमस्कार मात्रै गरौँ : स्वास्थ्य मन्त्रालय



कात्तिक ३, काठमाण्डौ
सरकारले दशैँ पर्वमा आफन्तसँग भेटघाट गर्दा नमस्कार गर्न आग्रह गरेको छ । शरीर छुँदा कोरोना भाइरस सर्ने जोखिम हुने भन्दै सरकारले यसअघि आदर गरेर ढोग्ने वा अङ्कमाल गर्नेहरुले यो वर्ष परैबाट नमस्कार मात्रै गर्न आग्रह गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले यो वर्ष एकाघरका मानिस मात्रै बसेर दशैँ पर्व मनाउन आग्रह गर्दै आफन्तसँगकै भेटमा पनि नजिक जाने वा छुने काम नगर्न आग्रह गर्नुभयो ।
मुख, आँखा तथा नाक छुँदा भाइरस सर्ने सम्भावना धेरै हुने भएकोले सकेसम्म अरुको अनुहार नछुन तथा आफ्नो अनुहार पनि नछुवाउन आग्रह गर्दै उहाँले दशैँ मनाउँदा नोटको प्रयोग पनि नगर्न आग्रह गर्नुभयो । पैसाको प्रयोग विद्युतीय माध्यमबाट गर्न वा त्यो सम्भव नभएमा पैसाको लेनदेन नगरि आशीर्वादमात्र लिन–दिन पनि सरकारले आग्रह गरेको छ ।
यसैबीच सरकारले होम आइसोलेशनमा ज्यान गुमाएका कोरोना सङ्क्रमितको शव आफन्तको चाहनाअनुसार परम्परागत विधिबाट अन्तिम संस्कार गर्न निर्देशिका खुकुलो बनाएको दाबी गर्दै सेनाले गर्दै आएको शव व्यवस्थापनको काम नरोकिएको जनाएको छ ।
होम आइसोलेशनमा बसेकाहरुको ज्यान गएमा आफन्तले नै गर्नुपर्ने कुराको चौतर्फी विरोध भएपछि सरकारले यसको बचाउ गर्दै थोरै सावधानी अपनाउँदा पनि शवबाट कोरोना नसर्ने भएकोले आफन्तलाई शव व्यवस्थापनको सुविधा दिएको दाबी गरेको हो ।


खबर सबै
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान






प्रतिक्रिया