

बाणगंगा ९ मा नक आउट फुटबल : उद्घाटन खेलमा युनाइटेड युथ क्लव विजयी

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ मा आज बुधबारदेखि टोल स्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।
प्रयास सामाजिक युवा क्लवको आयोजनामा आज देखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा बुद्ध युनाइटेड पडरियाले विजयी सुरुवात गरेको छ । एनएस वाईसी चौवासँगको खेलमा युनाइटेड पडरियाले निर्धारित ९० मिनेटको खेलमा २–१ गोलले जित निकालेको हो । उक्त खेलमा बुद्ध युनाइटेडका शेर गुरुङ म्यान आफ द म्याच बनेका छन् ।
जारी प्रतियोगितामा वडा नम्बर ९ भित्रका १० टिमको सहभागिता रहेको प्रायास सामाजिक युवा क्लवले जानकारी दिएको छ । विजया दशमीको अवसरमा आयोजना गरिएको उक्त प्रतियोगिताको उद्घाटन वडा अध्यक्ष कमल पौडेलले गर्नुभएको थियो ।
स्थानीय अमृते सामुदायिक वन उपभोक्ता समुह, कोइलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समुह र वडा नम्बर ९ को वडा कार्यालय सहयोगी संस्थाको रुपमा रहेका छन् ।


खबर सबै
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु






प्रतिक्रिया