

दीपेशको ६ विकेटमा नेपाललाई झिनो लक्ष्य

काठमाडौं
स्पिनर दीपेश कँडेलले घातक बलिङ गर्दै ६ विकेट लिएपछि बहराइनले एसिसी यू१९ प्रिमियर कपमा नेपाललाई ७८ रनको झिनो लक्ष्य दिएको छ । मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन ३७.५ ओभरमा ७७ रनमा अल आउट भयो ।
बहराइनलाई सस्तैमा अल आउट गर्न दीपेश कँडेलले ९.५ ओभरमा ८ मेडनसहित ४ रन खर्चेर ६ विकेट लिए । बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले ७७ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३४ रन बनाए ।
उनी दुर्गेशको बलमा बोल्ड आउट भए । एक समय १०.५ ओभरमा १७–४ को दयनीय अवस्थामा पुगेको बहराइनलाई पाँचौं विकेटका लागि हाकिम र अभिनवले १ सय १८ बलमा ४४ रनको साझेदारी गरेका थिए ।
ओपनर तथा कप्तान ऋषभ रमेशलाई स्पिनर दीपेश कँडेलले ६ रनमा एलबीडब्लू आउट गरे । दीपेशले नै आयन ओबैद सैइदलाई ३ रनमा बोल्ड गरे । तीव्र गतिका बलर दुर्गेश गुप्ताले मोहम्मद आदिल नवाज शेर लाल खानलाई शून्यमा बोल्ड गरे । दुर्गेशले साई सार्थक वैद्दराजुलाई २ रनमा उत्तमथापा मगरबाट क्याच आउट गराए ।
आन्स ओबैद सैइद, विश्वश गुरुमुर्ति र शशांक शेखर शुक्ला शून्यमा आउट भए । नेपालका तीव्र गतिका बलर दुर्गेश गुप्ताले ८ ओभरमा १ मेडनसहित २२ रन खर्चेर ४ विकेट लिए ।


खबर सबै
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु






प्रतिक्रिया