

दोस्रो मोतिपुर फुलबारी कप : क्वाटर फाइनलका खेल सकिए, भोलि देखि सेमिफाइनल भिडन्त





कपिलवस्तु । कपिलवस्तुको बाणगंगा ७ मोतिपुरमा जारी दोस्रो फुलबारी कप फुटबलको क्वाटरफाइनलको तेस्रो खेलमा आज लभ नेपाल पिपराले जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । आज दिउसो भएको खेलमा लभ नेपाल पिपराले हरैया एफसीमाथि १–० को जित निकालेको हो ।
यस्तै आजै भएको दोस्रो खेलमा जागृति युथ क्लव र ब्रोदरस एफसी चप्परगाउँबिच खेल भएको थियो । उक्त खेलमा ४–० गोल अन्तरले ब्रोदरस एफसी चप्परगाउँले सानदार जित निकालेको छ ।
अब भोलि शनिबार देखि सेमिफानलका खेल हुने छन् । पहिलो सेमिफाइनल खेलमा एनसवाइसी चौवाह र एपीएफ चन्द्रौटा लेख्ने मोतिपुर प्रतिशिल युवा क्लवले जनाएको छ । यस्तै अर्काे सेमिफाइनल आइतबार हुने छ ।
जका दुई खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने चार टोलीको टुङ्गो लागेको छ । यसअघि एपिएफ चन्द्रौटा र एनएसवाइसी चौवाह सेमिफाइनलमा प्रवेश गरेका थिए । अब शनिबार सेमिफाइन भिडन्त हुने छ ।
तिपुर प्रगतिशिल युवा क्लवले आयोजना गरेको दोस्रो मोतिपुर फुलबारी कपको विजेता टिमले नगद ८१ हजार १ सय ११ रुपैयाँसहित गोल्ड मेडल र प्रमाणपत्र पुरस्कार पाउने छ भने द्धितिय हुने टिमले नगद ३५ हजार १ सय ११ सहित मेडल र प्रमाणपत्र पुरस्कार पाउने छ ।
जारी प्रतियागिता असोज २० गते देखि मोतिपुर फुलबारी मैदानमा सुरु भएको थियो । प्रतियोगितामा १६ टिमको सहभागिता थियो । प्रतियोगिताको फाइनल खेल कार्तिक १ गते हुने क्वलका अध्यक्ष शंकर प्रसाद न्यौपानेले जानकारी दिएका छन् ।


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया