

दोस्रो मोतिपुर फुलबारी कपमा थ्री ब्रदर चप्परगाउँ र न्यू सिद्धार्थ चौवाह विजयी





कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका ७ मोतिपुरमा जारी दोस्रो फुलबारी कप फुटबलमा थ्री ब्रदर चप्परगाउँ विजयी भएको छ । आज दिउसो मोतिपुर फुलबारी मैदानमा भएको पहिलो खेलमा मुर्गिया एफ्सीलाई ३–० गोलले पराजित गर्दै चप्परगाउँ विजयी भएको हो । सम्पन्न खेलमा थ्री ब्रदर चप्परगाउँका मिलन मगर म्यान अफ दी म्याज बनेका छन् ।
यस्तै आजै सम्पन्न भएको दोस्रो खेलमा न्यू सिद्धार्थ युवा चौवाले जित हात पारेको छ । सिर्जनसिल युथ क्लवसँगको आजको खेलमा निर्धारित समयमा दुबै टिमबाट १–१ को बराबरी पछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पेनाल्टी सुट आउटमा चौवाहले ४–३ को जित दर्ता गरेको हो ।
यस्तै भोली एउटा मात्र खेल हुने भएको छ । दिउसो २ बजे हुने खेलमा भोलि गौतमबुद्ध सामाजिक विकास केन्द्र रुपन्देही र जागृति युवा क्लव कपिलवस्तु चन्द्रौटाका विचमा हुने मोतिपुर प्रगतिशिल युवा क्लवका अध्यक्ष शंकर प्रसाद न्यौपानेले जानकारी दिएका छन् ।
भोलीका खेल सकिएसँगै प्रतियोगितमा पहिलो चरणका खेल सकिने पनि क्लवले जनाएको छ । प्रतियोगिताको विजेताले नगद ८१ हजार १ सय ११ रुपँैयासहित गोल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छ भने प्रतियोगिताको द्धितीय बिजेताले ३५ हजार १ सय ११ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेे छ ।


खबर सबै
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश











प्रतिक्रिया