

महिला भलिबलमा नेपालको सान्त्वना जित





काठमाडौं । मंगोलियामाथि सान्त्वना जित हात पार्दै नेपालको महिला भलिबल टिमले चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदको यात्रा सकाएको छ ।
शनिबार देकिङ स्पोर्ट्स सेन्टर जिम्नयासियममा भएको क्लासिफिकेसन म्याचमा नेपालले मंगोलियालाई ३-२ को सेटमा पराजित गरेको हो ।
यस जितपछि नेपाल १३ टोली सम्मिलित एसियाडको महिला भलिबलमा ११औं भएको छ । यसअघि नेपालले लगातार चार खेल हारेको थियो ।
मंगोलिया विरुद्ध पहिलो सेट २५-१७ ले गुमाएको नेपालले त्यसपछि कमब्याक गर्दै लगातार दुई सेट जितेको थियो । दोस्रो सेट २५-१८ र तेस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पार्दै नेपालले खेलमा २-१ को अग्रता बनाएको थियो ।
तर चौथो सेटमा नेपालले लय कायम राख्न नसक्दा मंगोलियाले २५-१८ ले जित्दै खेल २-२ को बराबरी अवस्थामा पुर्यायो । पाँचौ तथा अन्तिम सेट १५-१२ ले आफ्नो पक्षमा पार्दै नेपालले प्रतिस्पर्धात्मक खेल जितेको हो ।
पहिलो पटक एसियाडमा सहभागिता जनाएको नेपालको महिला भलिबल टिमले समूह चरणको दुवै खेलमा हार बेहोरेपछि क्लासिफिकेसन म्याच खेल्नुपरेको हो ।
समूह चरणमा भियतनाम र दक्षिण कोरियासँग समान ३-० को सेटमा पराजित भएको थियो । त्यसपछि क्लासिफिकेसन म्याचमा भारतसँग ३-१ र हङकङसँग ३-० को सेटमा पराजित भएको थियो ।
पहिलो पटक एसियाडमा सहभागी भएको मिहला भलिबल टिमका लागि यो एक्सपोजर र अनुभव बटुल्ने अवसर बन्यो ।


खबर सबै
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश











प्रतिक्रिया